मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विट्क्वाइन मूल्य ७ हजार डलर भन्दा तल

विट्क्वाइन मूल्य ७ हजार डलर भन्दा तल


हिमालखवर संवाददाता
अमेरिका-
अभौतिक मुद्रा क्रिप्टोकरेन्सी विट्क्वाइनले आफ्नो मूल्य गुमाउने क्रम रोकिएको छैन । सोमवार प्रति विट्क्वाइन मूल्य ७ हजार अमेरिकी डलर भन्दा तल झरेका छ । करिब ४ महिना अघि २० हजार डलर छोएको विट्क्वाइनको मूल्य यो वर्षको सुरुवात सँगै तल झरिरहेको हो । 
 
यो वर्ष अमेरिका, जापान, युरोपका सरकारी निकायले विट्क्वाइनको स्वतन्त्र कारोबारलाई अंकुश लगाउने प्रयाससँगै विट्क्वाइनले आफ्नो  मूल्य गुमाउँदै गएको हो । 
 
यो वर्षको सुरुआतमा पनि विट्क्वाइनको मूल्य १४ हजार डलर हाराहारीमा थियो । तर, शुक्रवार देखि विट्क्वाइनको मूल्य यो वर्षको सुरुवात भन्दा आधा कम भएको हो । मूल्य धेरै भएका वेला विट्क्वाइन किन्नेहरु अहिले सबैभन्दा मर्कामा परेका छन् ।
 
पछिल्लो पटक विट्क्वाइनको मूल्य घट्नुमा जापान सरकारले लिएको नीति मुख्य कारण रहेको छ । जापानले गत साता दुई वटा अभौतिक मुद्रा कारोबार गराउने एक्स्जेञ्ज सेन्टरलाई बन्द गरिदिएको थियो । 
 
जापानको वित्तीय कारोबार गर्न स्वीकृत दिने निकायबाट विट्क्वाइन लगायत अन्य क्रिप्टोकरेन्सी किनबेच गर्ने दुई सेन्टरले अनुमति पाउन सकेनन् । यसले नै विट्क्वाइन लगायत यस्तै अन्य अ‍ैभौतिक म्रुद्रा कारोबार बजारमा ठुलो असर परेको बजार विश्लेषकहरूको दाबी छ । गत वर्ष जापान सरकारले विट्क्वाइनको कारोबारलाई मान्यता दिएको थियो । यसले गर्दा मूल्य बढ्न सहयोग पुगेको थियो ।  तर, विट्क्वाइनको सुरक्षामा प्रश्न उठेपछि जापानले कडाई गर्न थालेको हो । 
 
युरोपमा पनि विट्क्वाइनमा लगानी गर्न चाहनेलाई नयाँ सर्तहरू राखिएको छ ।अमेरिकाको सेक्यूरिटीज एण्ड एक्स्जेञ्ज कमिसनले पनि केही साता अघि क्रिप्टोकरेन्सी कारोबारमा केही कडाई गर्ने प्रयास गरेको थियो । 
 
विट्क्वायनसंगै यस्तै खालका अन्य अभौतिक मुद्रा इथेरियम र रिप्पलको मूल्य पनि तल झरेको छ ।