मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

हिमालयन लाईन्स क्लब लसएन्जल्सको चार्टर नाइट कार्यक्रम सम्पन्न (भिडियो सहित)

हिमालयन लाईन्स क्लब लसएन्जल्सको चार्टर नाइट कार्यक्रम सम्पन्न (भिडियो सहित)


लसएन्जल्स(अमेरिका)- अमेरिकाको साउदर्न क्यालिफोर्नियाका नेपालीहरुको संलग्नतामा पहिलो पटक लसएन्जल्समा “लसएन्जल्स  हिमालयन लायन्स क्लब” गठन गरिएको छ । सुर्य प्रसाईंको सभापतित्वमा गठन गरिएको लसएन्जलस हिमालयन लायन्स क्लबको आइतबार स्थानिय आर्टेशिया शहरमा charter  dinner night औपचारिक समारोह आयोजना गरि शुभारम्भ गरिएको हो ।
 
हिमालयन लाइन्स क्लब घोषणा सभामा डिस्ट्रिक्ट-४- सी ३ गभर्नर राजेन थापा, डिस्ट्रिक्ट-४- एल ३कि गवर्नर भी दोनोघुइए, लगायतको उपस्थिति रहेको थियो ।
 
सो कार्यक्रममा समुदायको तर्फबाट श्री पशुपतिनाथ फाउन्डेसनका अध्यक्ष भक्त थापा र अगुवा नेपाली अमेरिकन राजेन्द्र शिवाकोटीले  लायन्सको सेवामुखी अभियानको चर्चा गर्नु भएको थियो ।
 
समरोहमा अगुवा लायन्सहरु विलियम विल, राजेन थापा लगायतले अन्तराष्ट्रिय लायन्सको बारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो । समरोहको संचालन लायन्स विल्ड्रसन पलाहांगले गर्नु भएको थियो । 
 
लसएन्जलस हिमालयन लायन्स क्लबको नवगठित चार्टरमा सभापति सुर्य प्रसाई प्रथम उपसभापति, मदन पाठक र दोस्रो उपाध्यक्ष डोल्मा लामा, सचिव देवी नेपाल, कोषाध्यक्ष रोशनी ढुंगाना, र अन्य पदाधिकारीहरुमा शंकर वाग्ले, शिव ढकाल, नबिन पोखरेल, चन्द्र सिवाकोटी, राजेन्द्र सिवाकोटी, रेख उप्रेती याम थापा, तुलसा लम्साल कोइराला, सित उप्रेती, मिरा गौतम रहेका छन् भने चार्टर सदस्यमा संगीता लम्साल शिवाकोटी , बद्रि बराल, गोमा खतिवडा, मौसमी पाठक, मुकुन्द ढुंगाना, अग्नि चौलागाईं, कृष्ण कोइराला, युवराज ओली, उमा कार्की थापा, शशि चौधरी रहेका छन् ।
 
भने अन्य सदस्यहरु थप हुने क्रम जारी रहेको छ र कार्यक्रम अत्यन्तै नौलो प्रस्तुति र फरक ढंगको भएको थियो ।