मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा विवेकशील साझाको सद्भाव समूह गठन

ड्यालसमा विवेकशील साझाको सद्भाव समूह गठन


ड्यालस (अमेरिका) – अमेरिकाको टेक्सास राज्यको ड्यालस वरपर रहेका नेपालीहरूको भेलाले नेपालको विवेकशील साझा पार्टी निकट सद्भाव समूह गठन गरेका छन् । 
 
गत साता भएको भेलाले ज्ञानेन्द्र बोहराको संयोजकत्वमा विवेकशील साझा सद्भाव समूह गठन भएको हो । १४ सदस्यीय  सदभाव समूहमा नबिनदित्य कोइराला, राज अधिकारी, भुपेन्द्र अवस्थी, धिरेन सामन्त, हरिकृष्ण बिष्ट,  सर्वोत्तम भगत, प्रविण चौलागाई, सुमन गौतम रहेका छन् । त्यस्तै अन्य सदस्यहरूमा मनिष अधिकारी, जनक सामन्त, राजिव रानाभाट र सन्दिप न्यौपाने छन् ।  
 
नेपाल बाहिर रहेता पनि आफ्नो मातृभूमि प्रतिको उत्तिकै जिम्मेवारीबोध रहेको र नेपालको समृद्धि ,सकारात्मक परिवर्तन साथै सुशासनका पक्षमा आफुलाई उभ्याउने लक्ष्य लिइएको संयोजक बोहराले जानकारी दिए । समूहले इच्छुक व्यक्तिहरूका लागि सदस्यता खुल्ला रहेको समेत जनाएको छ ।