मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढी प्रिमियर लिगको उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्स विजयी

धनगढी प्रिमियर लिगको उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्स विजयी


धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको छ ।
 
कैलालीको धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयको मैदानमा शनिबार भएको खेलमा काठमाडौंँ गोल्डेन्सले स्थानीय टिम चौराह धनगढीलाई सात विकेटले पराजित गरेको हो । टिम चौराहले टस जितेर ब्याटिङ गर्दै काठमाडाँँै गोल्डेन्ससामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 
 
उक्त विजय लक्ष्य काठमाडौँ  गोल्डेन्सले १८ दशमलव ४ ओभरमा पुरा ग¥यो । काठमाडौँका लागि अमित श्रेष्ठले सर्वाधिक ८१ रन बनाए । उनले ६५ बल खेल्दै चार छक्का र नौ चौका हाने । नरेश बुढाऐरले अविजित २४ रन तथा जयकिशन कोल्सावालाले १६ रन बनाए । 
 
बलिङतर्फ टिम चौराहका सुनिल धमला र सम्साद शेखले एक÷एक विकेट लिए । यसअघि टिम चौराहले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । टिम चौराहका लागि सुनिल धमलाले सर्वाधिक ६८ रन बनाए । उनले ५७ बल खेले । शंकर रानाले ३६ तथा राजु रिजालले १० रन बनाए । 
 
बलिङतर्फ काठमाडौँ  गोल्डेन्सका साहब आलमले ह्याट्रिक विकेट लिए । उनले खेलको १८ औँ ओभरमा लगातार तीन विकेट लिएका हुन् । आलमले तेस्रो बलमा सुनिल धमला, चौथो बलमा सोमपाल कामी तथा पाँचौँ बलमा सोनु तामाङको विकेट लिएका थिए । आइतबार महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सबीच हुनेछ । रासस