मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धुर्मुसको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा

धुर्मुसको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा


काठमाडौँ । २०७२ को महाभूकम्पपछि सामाजिक अभियानमा जु्दै आएका चर्चित कलाकार सीताराम कट्टेल (धुर्मुस)ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् ।
 
सबैको इच्छा र चाहना बमोजिम खेलाडीहरुको मनोबल उच्च बनाउन आफूले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन गर्न लागेको धुर्मसले घोषणा गरेका हुन् ।
 
उनले फेसबुकमार्फत आह्वान् गरेका छन्-‘नेपालको क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ । र, यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो । फाउण्डेशनले मात्र निर्माण संयोजन गर्नेछ । यसका लागि छुट्टै ईन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ । त्यही समितिको रोहवरमा इन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ ।’
 
उनले क्रिकेट रंगशाला बनाउन सरकारले पनि आफूहरुलाई पूर्णरुपमा सहयोग गर्ने आशा राख्दै भनेका छन् – ‘हामीले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेका हौँ र हाम्रो लक्ष्य, उद्देश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो। र यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो यसमा नेपाल सरकारले गम्भीरतापूर्वक साथ, सहयोग अनि समन्वय गर्ने भन्नेमा हामी विश्वस्त छौँ ।’
 
धुर्मुसले भूकम्पपछि चार वटा नमूना बस्ती निर्माण गरी सयौँ परिवारलाई बासको व्यवस्था गरिसकेका छन् ।