मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नर्थ क्यारोलाइनामा अप्रिल २१ मा नेपाल डे मनाइँदै

नर्थ क्यारोलाइनामा अप्रिल २१ मा नेपाल डे मनाइँदै


नर्थ क्यारोलाइना (अमेरिका) – अाउँदो महिना अमेरिकाको नर्थ क्यारोलाइनामा नेपाल डे मनाइने भएको छ । 
 
अमेरिकाको पूर्वी तटीय राज्य नर्थ क्यारोलाइनाकत्र मोरिसभिल सिटीले हरेक वर्ष अप्रिल महिनाको तेस्रो शनिबारलाइ नेपाल डेका रूपमा मनाउने निर्णय गरेको छ । त्यस अनुसार यो वर्ष अप्रिल २१ तारिक शनिबार मोरिसभिलमा नेपाल डे मनाउने तयारी सुरू भएको छ । 
 
सो दिन नेपाली पोशाक, नेपालको झण्डा सहित र्याली अायोजना हुने कार्यक्रम छ । उक्त दिन दिउँसो २ बजे सेडार फोर्क कम्युनिटी सेन्टरबाट नेपालीहरूको र्याली सुरू हुने विज्ञप्तीमा जनाइएको छ। 
 
यस पटकको नेपाल डेमा सहभागिताका लागि मोरिसभिलका नेपाली समुदायले अमेरिकाभरि रहेका नेपालीहरूसँग अाग्रह गरेका छन् । नर्थ क्यारोलाइनामा रहेका नेपाली साहित्यकार ऋषि वस्ताकोटीका अनुसार यसपटक ‘हामी नेपालीहरू विदेशिएको नभै विश्वव्यापी भएका हैाँ भनेर देखाउने गरि मुख्य लक्ष्य लिइएको छ ।