मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

फेसबुकमाथि एक हप्तामै ४ मुद्दा

फेसबुकमाथि एक हप्तामै ४ मुद्दा


सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल ‘फेसबुक इङ्क’माथि एक हप्ताभित्र ४ ओटा मुद्दा दायर भएको छ । बेलायती विश्लेषक कम्पनी क्याम्ब्रिज एनालिटिकाले करोडौं फेसबुक प्रयोगकर्ताका तथ्याङ्क प्रयोग गरेको खुलासा भएपछि कम्पनीमाथि ती मुद्धा लागेका हुन् ।
 
मेरिल्याण्डस्थित लरेन प्राइस नामक एक फेसबुक प्रयोगकर्ताले सान जोसमा मङ्गलवार तथ्याङ्क चोरी भएका ५ करोड मानिसका तर्फबाट कम्पनीमाथि सामूहिक मुद्धा हालेकी छन् ।
 
उता, कम्पनीका शेयरधनी फ्यान युआन र रोबर्ट केसेले पनि कम्पनीका सीईओ मार्क जुकरबर्ग र सीएफओ डेभिड वेहनरविरुद्ध छुट्टाछुट्टै सामूहिक मुद्धा दायर गरेका छन् । मुद्दामा उनीहरुले प्रयोगकर्ताका तथ्याङ्क गोपनियता उल्लङ्घन भएको खुलासा भएपछि यस हप्ता कम्पनीको शेयर मूल्यमा आएको कमीले शेयरधनीहरुलाई भएको घाटाको भपाई गर्न भनेका छन् ।
 
कम्पनीविरुद्ध चौथो मुद्दा भने एटोर्नी जेरेमिह हल्लिसेले दायर गरेका हुन् । उनले बिहीवार सन जोसमा फेसबूकका शेयरधनीका तर्पmबाट जुकरबर्ग, सीओओ शेर्ल स्यान्डबर्ग र कम्पनीका सञ्चालक समितिका सदस्यहरुमाथि मुद्दा हालेका छन् । मुद्दामा कार्यकारी र समितिका निर्देशकहरुले तथ्याङ्क चोरी रोक्न नसकेको, तथ्याङ्क चोरी हुन सक्छ भनेर प्रयोगकर्ताहरुलाई सचेत गराउन नसकेको र घटना घटेको धेरै पछि मात्रै बताइएको लगायत आरोप लगाइएको छ ।
 
अमेरिकी राष्ट्रपति निर्वाचन लगायत विभिन्न देशमा चुनावी अभियानलाई प्रभावित बनाउन फेसबूक प्रयोगकर्ताका निजी जानकारी प्रयोग गरेको आरोप क्याम्ब्रिज एनालिटिकामाथि लागेको छ । यसै मामिलामा शुक्रवार बेलायती उच्च अदालतले क्याम्ब्रिज एनालिटिकाको लण्डनस्थित कार्यालयहरुमा छापा मार्न बेलायतको सूचना सुरक्षा नियामकलाई मञ्जुरी दिएको छ ।
 
५८ अर्ब डलर बजार पूँजीकरण गुम्यो
गत हप्ता सामाजिक सञ्जाल फेसबूकको बजार पूँजीकरणमा उच्च कमी आएको छ । तथ्याङ्क चोरी भएको घटनाप्रति सीईओ जुकरबर्गले प्रयोगकर्ता समक्ष माफी मागेपनि यसले कम्पनीको शेयर बेच्नबाट शेयरधनीहरुलाई रोक्न सकेन न त शेयर मूल्य घट्ने क्रमलाई नै । मङ्गलवार प्रतिकित्ता १ सय ७६ डलर ८० सेण्ट रहेको कम्पनीको शेयर मूल्य शुक्रवारसम्ममा घटेर १ सय ५९ डलर ३० सेण्टमा झरेको थियो । योसँगै कम्पनीको बजार पूँजीकरण पनि ४ खर्ब ६३ अर्ब आसपास झरेको थियो ।