मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अप्रिल २ देखि H-1B भिषा आवेदन खुल्ने

अप्रिल २ देखि H-1B भिषा आवेदन खुल्ने


वाशिङटन डीसी (अमेरिका) । अमेरिकाले एच–वन् बी भिषा आवेदन दिने मिति घोषणा गरेको छ । त्यहाँको सङ्घीय निकाय अमेरिकी नागरिक तथा आप्रवासन सेवा (यूएससीआईएस)ले बुधवार चालू आवको लागि अप्रिल २ देखि भिषा आवेदन लिइने बताएको हो । आर्थिक वर्ष २०१९ को लागि चाँही यसै वर्षको अक्टोबर १ देखि आवेदन शुरु गरिनेछ ।
 
एच–वन बी भिसा ‘नन–इमिग्रेण्ट’ भिसा हो । यस भिसा कार्यक्रम मार्फत अमेरिकी प्रविधि कम्पनीहरुले विशेष दक्षता हासिल गरेका हजारौं विदेशी कर्मचारीलाई अल्पकालीन अवधिका लागि आफ्नो कम्पनीमा काममा लगाउँदै आएका छन् । अमेरिकाले हरेक वर्ष ८५ हजारलाई यो भिसा दिँदै आएको छ ।
 
यो निर्णयसँगै यूएससीआईएसले एच–वन बी भिषा आवेदनको प्रिमियम प्रोसेसिङ प्रक्रिया स्थगित गरेको छ । उच्च सङ्ख्यामा प्रिमियम प्रोसेसिङका लागि आवेदन आएपछि प्रक्रिया अहिलेलाई स्थगित गरिएको हो । यो स्थगन यस वर्षको सेप्टेम्बर १० सम्म लागू हुनेछ । सो अवधिमा आर्थिक वर्ष २०१९ को सीमाभित्र नपर्ने एच–वन बी आवेदकको प्रिमियम प्रोसेसिङ आवेदन चाँही स्वीकार गरिने बताइएको छ ।
 
प्रिमियम प्रोसेसिङ अन्तर्गत आएको आवेदनको यूएससीआईएसले १५ दिनभित्रै छिनोफानो गर्दछ । १५ दिनभित्र प्रोसेसिङ पूरा भएन भने प्रिमियम प्रोसेसिङका लागि तिरिएको शुल्क फिर्ता गरिन्छ र प्रोसेसिङ छिट्टै सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइन्छ । रासस/पीटीआई