मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जुकरबर्गले एक दिनमै गुमाए ५ अर्ब डलर

जुकरबर्गले एक दिनमै गुमाए ५ अर्ब डलर


सन फ्रान्सिस्को (अमेरिका) – सामाजिक सञ्जाल फेसबुक इङ्कका सह–संस्थापक एवम् सीईओ मार्क जुकरबर्गले एक दिनमै ५ अर्ब डलर गुमाएका छन् । एक विज्ञापन कम्पनीले करोडौं फेसबुक प्रयोगकर्ताका सूचना प्रयोग गरेको खुलासा भएपछि कम्पनीको शेयर मूल्य घट्दा उनको नेटवर्थ घटेको हो ।
 
अमेरिकाको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई जिताउन विज्ञापन कम्पनी क्याम्ब्रिज एनालिटिकाले सामाजिक सञ्जालमा भएको एप डेभलपरबाट प्रयोगकर्ताको तथ्याङ्क लिएको र प्रयोगकर्ताको सूचना दुरुपयोग हुन नदिने नीतिको उल्लङ्घन भएको स्वीकारको थियो ।
 
कम्पनीले ५ करोडभन्दा बढी प्रयोगकर्ताहरुको फेसबुक प्रोफाइलबाट निजी सूचना लिएको भन्दै न्यूयोर्क टाइम्सले समाचार पनि छापेको थियो । यो खबरपछि सोमवारको कारोबारमा फेसबूकको प्रतिकित्ता शेयर मूल्य ६ दशमलव ८ प्रतिशतले घटेर १ सय ७२ डलर ५६ सेण्टमा आएको थियो । यो कमीसँगै कम्पनीको ३७ अर्ब डलर बराबरकोे बजार पूँजीकरण स्वाहा भएको थियो । उता, जुकरबर्गले पनि ४ अर्ब ९० करोड डलर गुमाएका थिए ।
 
योसँगै जुकरबर्गको नेटवर्थ ७० अर्ब ४० करोड डलरमा समेटिएको थियो भने ब्लुम्बर्गको विलिनेयर इन्डेक्समा उनी चौथौंबाट झरेर पाँचौं स्थानमा आएका थिए । सूचकअनुसार जुकरबर्ग सोमवार सबैभन्दा धेरै गुमाउने अर्बपति हुन् । उक्त दिन जेफ बेजोस, बिल गेट्स, वारेन बफेट र ल्यारी पेजले क्रमशः २ अर्ब १४ करोड डलर, ७९ करोड ५० लाख डलर, १ अर्ब १७ करोड डलर र १ अर्ब ४८ करोड डलर बराबरको नेटवर्थ गुमाएका छन् । एजेन्सी