मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिका जाने विद्यार्थी घटे

अमेरिका जाने विद्यार्थी घटे


प्रतिबन्धात्मक आप्रवासन नीतिको नतिजाका कारण ट्रम्प प्रशासनले जारी गरेको विद्यार्थी भिसाको संख्यामा कमी आएको छ । विशेष गरी अमेरिका अध्ययन गर्न जाने भारतीय र चिनियाँ विद्यार्थीको संख्यामा कमी आएको हो ।
 
२०१७ को सेप्टेम्बरसम्मको तथ्यांकले अघिल्लो वर्षको तुलनामा अमेरिका अध्ययन गर्न जाने विद्यार्थीको संख्यामा १६ प्रतिशतको गिरावट आएको देखाएको छ । अघिल्लो वर्षको अवधिमा ५.०२ लाखलाई भिसा प्रदान गरिएकोमा उक्त वर्षमा केवल ४.२१ लाख विद्यार्थीलाई मात्र भिसा प्रदान गरिएको यूएस डिपार्टमेन्ट अफ स्टेटले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
 
यसमा पनि भारतीय विद्यार्थीको संख्यामा २७ प्रतिशतको ठूलो गिरावट आएको छ । २०१६ को सेप्टेम्बर ३० सम्मको अवधिमा ६५ हजार २ सय ५७ भारतीय विद्यार्थीलाई भिसा प्रदान गरिएकोमा २०१७ को सेप्टेम्बर ३० सम्मको अवधिमा ४७ हजार ३ सय २ विद्यार्थीलाई मात्रै भिसा प्रदान गरिएको छ ।अमेरिकाको विकल्पका रूपमा क्यानडा र अस्ट्रेलिया देखा परेका छन् ।
 
समग्रमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई २०१७ को सेप्टेम्बर ३० सम्मको अवधिमा ३.९३ लाख एफ–१ क्याटगोरीको भिसा प्रदान गरिएको थियो । एफ–२ क्याटगोरीको भिसा २७ हजार ४ सय ३५ लाई प्रदान गरिएको छ ।
 
आर्थिक वर्ष २०१७ मा एफ वर्गीकरणको भिसा २.८६ लाखलाई प्रदान गरिएको छ । यो एसियालीहरूलाई प्रदान गरिएको हो । यो पनि अघिल्लो वर्षको तुलनामा झन्डै २० प्रतिशतले कम हो । भारतीय विद्यार्थीहरूका लागि दिइएको भिसामा भने २७ प्रतिशतको गिरावट आएर ४७ हजार ३ सय २ कायम भएको छ ।एजेन्सी