मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राजेश हमाल अाइतबार ड्यालास टेक्सस आउँदै

राजेश हमाल अाइतबार ड्यालास टेक्सस आउँदै


ड्यालस (टेक्सस) – नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल ड्यालस आउने भएका छन् । 
 
पत्रकार सूर्य थापाद्वारा सञ्चालन हुन लागेको टेलिभिजन कार्यक्रम यु स्टाट अगेनको कार्यक्रम उद्घाटन गर्न हमाल आगामी आईतबार ड्यालास आउन लागेका हुन् । थापाले अमेरिकामा रहेका नेपालीहरुको बारेमा तयार पार्न लागेको टेलिभिजन कार्यक्रमको एक बिशेष कार्यक्रमका बीच अाइतबार उद्घाटन हुदैछ । 
 
अमेरिकामा रहेका बिभिन्न क्षेत्रका नेपालीहरुको समेत उपस्थितीमा हुन लागेको कार्यक्रममा हमालले अमेरिकामा रहेका नेपालीहरुका बारेमा आफ्नो अनुभव समेत सुनाउने छन् । आफु अमेरिकामा आउँदा प्रायः बिभिन्न क्षेत्रका नेपालीहरुसँग भेट्ने र भलाकुसारी गर्ने गरेको बताउँदै हमालले टेक्सासमा रहेका नेपालीका साथै अमेरिकामा रहेका नेपाली अगुवासँग भेट्न उत्साहित रहेको बताएका छन् । 
 
कार्यक्रम आगामी आईतबार दिउँसो युलेसको फिस्टेल रेष्टुरेण्टमा हुँदैछ ।