बिश्व घटना

बुध्द लामाको पहिलो म्यूज़िक भिडियो सार्वजनिक

बुध्द लामाको पहिलो म्यूज़िक भिडियो सार्वजनिक


नेपाल आइडलका बिजेता  बुद्ध लामाले पहिलो पटक आफ्नो गितको भिडियो  दर्शक तथा स्रोतामाझ  सार्वजनिक गरेका छन् । 
 
अमेरिकाको बोस्टनमा बसोबास गरिरहेका गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको ‘तिमी साथ भएपछि…’ शीर्षकको गजलमार्फत गायक बुध्द लामा दर्शकमाझ आएका हुन् । गजलकार वाग्ले कै गजलगृह नामक युथट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको छ।
 
संगीतकार हरि लम्सालद्वारा संगीतबद्ध उक्त गजललाई गोपाल रसाईलीले संगीत संयोजन गरेका छन्  भने चन्द्र चौधरीद्वारा मिक्सिङ तथा मास्टरिङ गरिएको छ ।
 
नेपालका चर्चित निर्देशक मध्येका एक अर्जुन अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा  पल शाह तथा आँचल शर्माले अभिनय गरेका छन् ।  उक्त भिडियोमा अभिनेता पल शाह र आँचल शर्माको उत्कृष्ट अभिनय हेर्न सकिनेछ।
 
भिडियोमा सुरेन बसेलको कोरियोग्राफी छ र  साथै उत्सव दाहालको छायाँकन  रहेको छ ।
 

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares