मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको स्यानडिएगोवाट ११५ गैरकानुनी आप्रावासी पक्राउ

अमेरिकाको स्यानडिएगोवाट ११५ गैरकानुनी आप्रावासी पक्राउ


हिमालयखवर संवाददाता
अमेरिका-
अमेरिकी अध्यागतम निकाय आईसीईले क्यालिफोर्नियाको स्यानडिएगो क्षेत्रबाट ११५ जना कागजात विहीन आप्रावासीलाई पक्राउ गरेको छ । गत बिहीबार सकिएको तिन दिने कारबाहीमा ती आप्रावासी पक्राउ परेका हुन् । 
 
पक्राउ पर्नेमा मेक्सिको, हण्डुरस, ग्वाटेमाला, रेज रिपव्लिक, काजगस्तान र पेरुका नागरिक छन् । अपराध गरेको रेकर्ड भएका, अदालतले देश निकाला फैसला सुनाएका, एक पटक डिर्पोट भएर पुन गैरकानुनी रूपमा अमेरिका छिरेका, आपराधिक समूहका सदस्यमा केन्द्रित रहेर कारबाही गर्ने क्रममा ती आप्रावासी पक्राउ परेको आईसीईले जनाएको छ । पक्राउ परेका मध्ये ४३ प्रतिशतको यस्तो अपराधको रेकर्ड रहेको आईसीईले जनाएको छ । 
 
अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्न पाइने ग्रिनकार्ड भएकापनि अपराधमा संलग्न छन् भने पक्राउ गरिने आईसीईका अधिकारीले जनाएका छन् । आईसीई अधिकारीका अनुसार ग्रिनकार्ड भएकापनि जधन्य अपराधमा संलग्न भएको खण्डमा डिर्पोटमा पर्छन । 
 
आईसीईले स्थानीय तहमा समन्वय गरी गरेको उक्त कारबाहीमा करिब ४ सय जनालाई पक्राउ गर्ने योजना थियो । तर, यसरी टार्गेट गरिएका मध्ये केही पक्राउ परेका हुन् । टार्गेट नगरिएका पनि खोजविनाका क्रममा समातिएका हुन् ।
 
राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार लिए यता यसरी खोजविना गर्ने क्रम बढेको छ । गत वर्षभन्दा पक्राउ पर्नेको प्रतिशतपनि बढेको छ । तर, अमेरिकाबाट निकास्शन अर्थात् डिर्पोट गर्ने सङ्ख्या पनि यस अघिका राष्ट्रपति बाराक ओबामाको कार्यकालमा भन्दा घटेको छ । 
 
विभिन्न सहरमा नियमित जस्तो भइरहेको आईसीईको खोजविनले कागजात विहीन आप्रावासीमा भने त्रास बढेको हो । कहाँ कुन बेला आईसीईको फेला परिने हो भन्ने त्रासमा कागजात विहीन आप्रावासी छन् । कयौँ स्थानमा यस्ता कागजात विहीन आप्रावासीलाई काममा राख्न छाडिएको छ । तस्बिर: सामाजिक संजाल