मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विट्क्वाइनको मूल्य फेरी ८ हजार डलर भन्दा तल

विट्क्वाइनको मूल्य फेरी ८ हजार डलर भन्दा तल


हिमालयखवर संवाददाता
अमेरिका- कुनै जिम्मेवार निकाय नरहेको अभौतिक मुद्रा विटक्वाइनको मूल्य फेरी प्रति इकाई ८ हजार डलर भन्दा तल झरेको छ । विटक्वाइन बाहेक अन्य यस्तै अभौतिक मुद्रा (के्रप्टोकरेन्सी) इथेरियम, रिप्पलको मूल्य पनि तल झरेका छन् । 
 
छिनछिनमा परिवर्तन भइरहने विट्क्वाइनको मूल्य आइतबार बिहान ७ हजार ८ सय डलरको हाराहारीमा झरेको थियो । गत डिसेम्बरमा विट्क्वाइनको मूल्य २० हजार डलर पुगेर यसले बजार तताएको थियो । तर, त्यसयता विट्क्वाइन झर्न सुरु गरेको थियो । २० हजार डलर पुगेका वेला विक्री गर्नेले भने फाइदा लिए । तर, बजार बढेका बेला लगानी गर्नेहरु अहिले नोक्सानमा छन् । 
 
बिट्क्वाइनको मूल्य बढ्न थालेपछि थुप्रै नेपालीले लगानी गर्न सुरु गरेका थिए । अहिले यसरी लगानी गर्ने कयौँ नोक्सानमा परेका छन् । 
 
विट्क्वाइनको मूल्य केही साता अघि ७ हजार डलर भन्दा पनि तल झरेको थियो । यसपछि पुन केही सुधार आई करिब १२ हजार डलर तिर पुगेको थियो । अहिले पुन घटेको हो । अहिलेको मूल्यमा विट्क्वाइन माइन गर्दा लाग्ने लागत समेत नउठ्ने बताइएको छ । 
 
अव आउने दिनमा विट्क्वाइनको मूल्य के होला ? कुनै जिम्मेवार निकाय नहुदां विटक्वाइनमा लगानी उच्च जोखिम नै छ । मूल्य जुनसुकै वेला जे पनि हुन सक्छ । ६ हजार डलरको हाराहारीमा आउँछ भन्ने देखि अव बढ्छ भनेर विश्लेषण गर्नेहरु छन् ।
 
यसलै यो उच्च जोखिम रहेको अवस्था छ । यसवेला विट्क्वाइनमा लगानी गर्दा सावधानी अपनाउनु सबैभन्दा उत्तम हो । तर, लगानी निर्णय भने व्यक्तिगत हुन्छ । सीमित बचत छ भने विट्क्वाइनमा लगानी नगर्दा राम्रो हुन्छ ।