बिश्व घटना

भैरेको शीर्ष गीत ‘सान्नानीलाई भेट्न आउँदा’ भाइरल बन्दै (भिडियोसहित)

भैरेको शीर्ष गीत ‘सान्नानीलाई भेट्न आउँदा’ भाइरल बन्दै (भिडियोसहित)


काठमाडौँ । नेपाली चलचित्र बजारमा सुपरहिट फिल्म एवं गीतहरू पस्कन सफल निर्देशक एभरेष्ट सूर्य बोहरा यतिखेर नेपाली सिने जगतमा चर्चामा छन् । 
 
उनले चलचित्र ‘भैरे’ मार्फत ‘सान्नानीलाई भेट्न आउँदा…’बोलको उत्कृष्ट गीत लिएर बजारमा आएलगत्तै उनको चर्चा चुलिएको हो । निर्देशक एभरेष्ट सूर्य बोहराका गीतहरू हरेक चलचित्रमा सुपरहिट नै हुने गरेका छन् । निर्देशक बोहरा स्वयं गीतकार, कथाकार, पटकथा तथा संवाद लेखन तथा निर्देशनमा पनि निकै अगाडि रहेका छन् ।
 
चलचित्र अग्नि परीक्षाको ‘हाम्लाई पनि मायाले हेर पार्वती’ बोलको सदाबहार गीतको बजारमा अहिले पनि उत्तिकै चर्चा छ । यसका साथै चलचित्र कान्छाको ‘मायालु कान्छा’, ‘मलाई नेपाली माया चाहिन्छ’, ‘आरोप छ मलाई’, ‘म त मर्छु कि क्या हो ठूली’जस्ता सुपरहिट गीतहरू नेपाली दर्शकहरूमाझ दिन सफल निर्देशक एभरेष्ट सूर्य बोहराले यसपालि दर्शकहरूलाई मनोरञ्जन गराउन चलचित्र ‘भैरे’मा तीनवटा अत्यन्तै फरक शैलीका गीतहरू समावेश गरेका छन् । जसबाट दर्शकहरूले नेपाली लोक शैलीको नयाँ टेष्ट लिन सक्नेछन् ।
 
चलचित्र ‘भैरे’ को गीतमा शब्द र संगीत, वसन्त सापकोटा, स्वर यम बराल र वसन्त सापकोटा र मेलीना राई, संगीत संयोजन रिकेश गुरुङ, स्टुडियो, प्रिज्मा रहेको उक्त गीतका कोरियोग्राफर कविराज गहतराज हुन् भने सम्पादन बबी शाहको रहेको छ । 
 
वर्षा सिवाकोटी, चर्चित नायक विक्रान्त बस्नेत र हास्य कलाकार बुद्धि तामाङ ‘हैट’को आकर्षक नृत्य रहेको गीतको भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन निकै स्तरिय बनेको छ ।
 
जेठ १८ लाई लक्षित गरी प्रदर्शन मिति तय गरिएको चलचित्र ‘भैरे’लाई थप आकर्षक बनाउन नयाँ कन्सेप्ट तयार गरी नृत्य निर्देशक गहतराजले दर्जनौँ कोरस कलाकारलाई सहभागी गराई कलात्मक पाराले पर्दामा उतारेका छन् । 
 
छायाँकार पुरुषोत्तम प्रधानले पनि अत्याधुनिक प्रविधिको सहयोग लिएर भिडियोलाई उत्कृष्ट रूप दिएका छन् । शब्द, संगीत क्याची बनेका छन् भने गायन शैली पनि अब्बल नै सुनिएको छ । एरेन्जमेन्ट पनि पावरफूल बनेको छ जसकारण यो गीत हिट नम्बरको लिष्टमा पर्ने चान्स रहेको छ । विशेष गरी अडियो भन्दा भिजुअल अझ दमदार बनेको  छ जसकारण यो गीत हेर्दा जो कोहीलाई पनि राम्रो लाग्न सक्छ ।
 
चर्चित निर्देशक एभरेष्ट सूर्य बोहराद्धारा निर्दे्शित चलचित्र भैरेको गीतको दृश्य राम्रो बन्नुमा कोरियोग्राफर र सिनेमा फोटोग्राफरको वर्क पूर्णरूपमा सिंक भइदिएको छ जसको रिजल्ट एडिटिङ टेबलमा आइपुग्दा अझ फाइन बनेको देखिन्छ । दृश्य निर्माणमा देखिएका विभिन्न सट साइज र जमेट्रिकल कोरियोग्राफी राम्रोमात्र छैन पूर्ण रूपमा ग्लसी र फिनिसिङयुक्त पनि छ त्यसकारण यो गीत एउटा राम्रो गीतको कोटिमा पर्दछ भन्ने कुरामा दुई मत नरहला । गीत राम्रो बनाउन कोरियोग्राफर कविराजले प्रयोग गरेका पेन्टेड प्रस, ‘नाङलो’, फेरी, ‘ढुङ्गा’ तथा फ्रेम भरिलो कोरस र लिएका एरियल सर्टहरू यो गीतको मुख्य आकर्षक तत्व बनिदिएको छ ।
 
चलचित्र ‘भैरे’का कलाकारहरूमा दयाहाङ राई, बुद्धि तामाङ, सुरक्षा पन्त, वर्षा सिवाकोटी,अनुभव रेग्मी, चर्चित नायक बिक्रान्त बस्नेत, जयनन्द लामा लगायतका उत्कृष्ट कलाकारहरूका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधान आदि रहेका छन् । 
 
यस चलचित्रमा सुनिल थापा ‘रातेकाईंला’, चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ ‘हैट’ जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहेका छन् भने बाल कलाकारहरूमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहेको छ ।
 
नेपालय सिनेमा ईन्टरनेशनल प्रालिको ब्यानरद्धारा निर्मित निर्देशक एवं कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘भैरे’को निर्माताद्वय प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी रहेका छन् भने कार्यकारी निर्मातामा लेखबहादुर पुन ‘डेनिम’,सह निर्मातामा करुणाकर घिमिरे रहेका छन् । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रमा सूर्य थोकरको द्वन्द्व निर्देशन रहेको छ ।

शेयर गर्नुहोस:

0
Shares