मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आईआरएसवाट भन्दै फोन वा इमेल गरेर ठगी गर्न खोज्ने घटनामा उच्च वृद्धि

आईआरएसवाट भन्दै फोन वा इमेल गरेर ठगी गर्न खोज्ने घटनामा उच्च वृद्धि


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकाको राजस्व विभाग आईआरएसवाट कल गरेको भन्दै फोन मार्फत  कर ठगी गर्ने घटना गत वर्षको तुलनामा  यस पटक १२१८ प्र्रतिशतले वृद्धि भएको छ । ठगहरुले आईआरएसवाट फोन गरेको भन्दै विभिन्न बहाना बनाएर ठगी गर्ने नयाँ नयाँ जुक्ति उपयोग गर्दै आएका छन् । 
 
यस्तो ठगीवाट बच्ने उपाय, आईआरएसवाट भन्दै कसैले फोन गर्‍यो भने बेवास्ता गर्नु नै हो । किन की आईआरएसले पटक पटक भन्दै आएको छ आईआरएसले यसरी कुनै करदातालाई पनि फोन गर्दैन । यस्तो फोन आयो भने नआत्तिनै नै राम्रो।
 
फोन मार्फत ठगीवाट सुरक्षित बनाउने क्षेत्रमा अनुसन्धान गर्दै आएको कम्पनी हियाले सन् २०१७ को जनवरी, फ्रेवअरी महिनाको तुलनामा यस वर्ष सन् २०१८ को यी दुई महिनामा फोन गरेर ठगी गर्न खोज्ने बिगबिगी बढेको सार्वजनिक गरेको हो। 
 
उक्त कम्पनीले आफ्नो अनुसन्धानमा तपाईँले तत्काल यति पैसा तिर्नु भएन भने तपाइमाथि अनुसन्धान र कारबाही भन्दै ठगले फोन गर्ने भेटिएको जनाएको छ। 
 
तपाईँले यति कर तिर्नु पर्ने भयो तत्काल पठाई देऊ होइन भने हामी तिमी माथि कारबाही र जरिवाना तिराउँछौँ भन्दै ठगले फोन गर्छन् । यसरी फोन गर्दा कर प्राप्त गर्ने पीडितको फोनमा आईआरएसकै नम्बर देखिने गर्छ । कम्यूटरवाट ट्रिक गरी यस्तो गरिएको हुन्छ । आईआरएसले ग्राहकलाई आफ्नो कार्यालयबाट यसरी कर तर भनेर कहिल्लै पनि  फोन नगरिने स्पष्ट पारेको छ । यसरी फोन आयो भने यो ठगीकै नियतले हो आईआरएसले आफ्नो वेभसाइटमा भनेको छ, आईआरएसले केही जानकारी माग्नु पर्‍यो भने पत्राचार गरेर सोधपुछ मात्र गर्छ। 
 
यस्तै पहिले पहिले वर्षका ट्क्यास रिटर्न तथ्याङ्क चोरेर कसैले अर्कैको नाममा ट्याक्स रिटर्न भरि ठगी गर्ने पनि भेटिएको छ। यसरी ट्याक्स रिटर्न भर्दा वास्तविक व्यक्तिको बैङ्क खाता उपयोग गरिन्छ । तर, पछि ठगहरुले गल्तीले खातामा पैसा राखिएछ फिर्ता देऊ भन्दै ठग्ने गरेका छन्। ट्क्यास फाइल नगर्दै यस्तो फोन आयो, वा दुई पटक ट्याक्स फाइल भयो भन्ने शङ्का लागे आईआरएसले आफ्नो कार्यालयमा सम्पर्क गर्न सुझाव दिएको छ। 
 
ठगहरुले इमेलपनि उपयोग गर्दै आएका छन् । ठगी गर्ने नियतले क्रेडिट कम्पनीको नाममा इमेल पठाउने गरेको पनि भेटिएको छ। आईआरएसको लोगो समेत दुरुपयोग गर्दै यती पैसा यो खातामा अहिल्लै नै राखिदेऊ भनेर इमेल समेत आउने गरेको भेटिएको  छ।  
 
ट्याक्स फाइल गर्ने समय अव करिब एक महिना बाँकी छ। अव समयमै सुरक्षित किसिमबाट ट्क्यास फाइल गरी ढुक्क हुनु सबैभन्दा राम्रो हुने कर विज्ञहरू बताउँछन् ।