मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाले भारतका विद्यार्थीलाई दिने भिसामा भारी गिरावट

अमेरिकाले भारतका विद्यार्थीलाई दिने भिसामा भारी गिरावट


हिमालयखवर संवाददाता 
अमेरिका- अमेरिकाले भारतीय विद्यार्थीलाई प्रदान गर्ने भिसामा भारी प्रतिशतले गिरावट आएको छ । अमेरिकी विश्व विद्यालयमा पढ्न भनेर निवेदन दिने भारतीय विद्यार्थीले पाएको भिसामा सन् २०१६ को तुलनामा २०१७ मा २८ प्रतिशतले गिरावट आएको अमेरिका स्थित विदेश विभागको तंथ्याक उल्लेख गर्दै भारतको चर्चित सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।
 
सन् २०१६ मा विद्यार्थीलाई दिइने एफ १ भिसा पाउने भारतीयको सङ्ख्या ६५ हजार २५७ थियो । तर, सन् २०१७ मा यो सङ्ख्या घटेर ४७ हजा ३०२ मा सीमित हुन आएको छ । चीनयां विद्यार्थीले पाउने अमेरिकाको भिसामा पनि उच्च दर २४ प्रतिशतले गिरावट आएको छ । सन् २०१४ मा अमेरिकाले विद्यार्थीलाई दिने भिसामा कडाई गर्नै नयाँ प्रावधान ल्याएपछि यस्तो गिरावट आएको उक्त पत्रिकाले जनाएको छ । 
 
भारत र चीन अमेरिकामा सबैभन्दा बढी विद्यार्थी पठाउने स्रोत देश हुन् । सन् २०१७ मा अमेरिकाले विद्यार्थीलाई दिने समग्र भिसामा पनि कमी आएकोे छ । सन् २०१७ मा ४ लाख १७ हजार ७२८ विद्यार्थीले अमेरिकाको भिसा पाएको थिए । गत वर्ष यो सङ्ख्या घटेर ३ लाख ९३ हजार ं५७३ मा झरेको छ । 
 
चीन र भारतपछि बढी विद्यार्थी पठाउने देशमा दक्षिण कोरिया, साउदी अरेबिया र क्यानडा पर्छन । नेपाली विद्यार्थीको सङ्ख्या पनि उल्लेख्य छ । 
 
अमेरिकाको वाट स्ट्रिट जनरलले सोमवार प्रकाशित गरेको समाचार अनुसार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बनाएको कडा भर्ना प्रक्रिया, अमेरिकामा बढेको अनुदार आप्रावासी नीति लगायतले विदेशी विद्यार्थी सङ्ख्यामा गिरावट आएको हो । 
 
पढाई सकेपछि फिर्ता हुने स्पष्ट आधारहरू भएमा मात्र भिसा दिन अमेरिकाले आफ्ना विदेश स्थित कन्सुलरहरुलाई निर्देश गरेको छ । यसले गर्दा विदेशी विद्यार्थीलाई अमेरिकी भिसा पाउन कठिन भएको हो । 
 
ट्रम्प प्रशासन आएपछि अमेरिकाका विश्व विद्यालयमा भर्ना हुनका लागि आवेदन दिने विद्यार्थी सङ्ख्यामा पनि कमी आएको बताइएको छ । तर, कति प्रतिशतले यसरी निवेदन दिने विद्यार्थीको सख्यामा कमी आयो यो तथ्याङ्क भने प्राप्त भइसकेको छैन ।