मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अपडेट : को को नेपाली सवार थिए विमानमा ? कसको कहाँ उपचार हुँदैछ ? (नामावलिसहित)

अपडेट : को को नेपाली सवार थिए विमानमा ? कसको कहाँ उपचार हुँदैछ ? (नामावलिसहित)


काठमाडौँ । बंगलादेशबाट काठमाडौं आउँदै गरेको यूएस बंगलाको विमान विमानमा ३३ नेपालीसहित बंगलादेशका ३२, माल्दिभ्सका एक र चीनको एक तथा चालक दलका तीन सदस्य थिए । 
 
विमान दुर्घटनामा सवार ७१ मध्ये ४९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।  महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार घाइते २२ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । २२ घाइतेमध्ये ११ नेपाली उपचारका क्रममा रहेका छन् ।
 
सो विमानमा नेपालका ३३ यात्रु डा बालकृष्ण थापा, केशव पाण्डे, विनोदराज पौड्याल, शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, वसन्त बोहरा, समिरा व्यञ्जनकार, प्रवीण चित्रकार, सजना देवकोटा, प्रिन्सी धामी, ज्ञानीकुमारी गुरुङ, दिनेश हुमागाईं, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन,निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, आशिष रञ्जित, कृष्णकुमार सहनी, आश्ना शाक्य, सनम शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, हरिप्रसाद सुवेदी, दयाराम ताम्राकार, श्वेता थापा, किशोर त्रिपाठी, अवधेशकुमार यादव रहेका थिए । 
 
जसमध्ये ११ जना नेपालीसहित विभिन्न अस्पतालमा हाल उपचाररत यात्रुहरुमा केशव पाण्डे (मेडिसिटी अस्पताल नख्खु), दिनेश हुमागाईं (न्यूरो अस्पताल बाँसबारी), दयाराम ताम्राकार (ग्राण्डी अस्पताल टोखा), किशोर त्रिपाठी (ग्राण्डी), हरिप्रसाद सुवेदी (ग्राण्डी), विनोद पौडेल (ग्राण्डी), वसन्त बोहरा (नर्भिक अस्पताल थापाथली), आशिष रञ्जित (नर्भिक), सनम शाक्य (नर्भिक), नाम नखुलेका बंगाली (नर्भिक), मोहमद रजुल्लाह सकिल, इन्द्रना कविर (केएमसी अस्पताल, सिनामङ्गल), पिंकी धामी (केएमसी अस्पताल), समिना व्यञ्जनकार (केएमसी अस्पताल), कबिर हुसेन (केएमसी) शहीद हुसेन (केएमसी) मेहेन्दी हसन (केएमसी) रिजना अब्दुल्लाह (केएमसी) डा इजना (केएमसी), श्रहना (केएमसी),सहरिन अहमद र महमद सहिम (केएमसी अस्पताल) रहेका छन् ।