मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

म्याकडोनाल्ड रेष्टुरेण्टले किन एमलाई उल्टायो

म्याकडोनाल्ड रेष्टुरेण्टले किन एमलाई उल्टायो


हिमालयखवर संवाददाता
अमेरिका – ठुलो आकारको अंग्रेजी अक्षर एम देख्ने बित्तिकै छिटो खाना पाइने म्याकडोनाल्ड रेष्टुरेण्ट भन्ने बुझिन्छ । यो एम अक्षर पुँजीवादी अर्थतन्त्रको प्रतीक मात्र होइन यो एम ब्राण्डको मूल्य पनि कम हुदैंन । तर, अन्तर्राष्ट्रिय महिला दिवस मनाउन क्यालिफोर्नियाको एउटा म्याकडोनाल्ड रेष्टुरेण्टले चर्चित लोगोलाई एम उल्टो बनाएर डब्लु बनाएको छ । एम उल्टाएर सांकेतिक रूपमा डब्लु अर्थात् वोमनको संकेत दिई अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलालाई सम्मान दिइएको हो । 
 
यो इतिहासमै पहिलो पटक हाम्रो चर्चित लोगो एमलाई यसरी उल्टो बनाइएको हो म्याकडोनाल्डका विविधिकरण सम्बन्धी प्रमुख अधिकृत विण्डी लुईर्सले भने । बिहीबार विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । 
 
हामीले सवत्र्र विश्वका महिलाको उत्कृष्ट दक्षताको कदर गर्दै यसरी लोगो उल्टो बनाएका हौँ लुईसले भने । म्याकडोनाल्डले अन्य १०० रेष्टुरेण्टमा पनि महिला दिवसका अवसरमा त्यहाँका कर्मचारीले विशेष टोपी र सर्ट लगाउने भएका छन् । 
 
केही वर्ष यता विश्वका कयौँ कम्पनीले महिला दिवसलाई लैगिक बराबरीको दिवसका रूपमा उपयोग गर्दै आएका छन् । महिला दिवस लंैगिक समानता भएको देखाउने विशेष अवसर हुदैं आएको छ । 
 
म्याकडोनाल्डले अमेरिकामा भएका आफ्ना रेष्टुरेण्ट मध्ये ६० प्रतिशतमा महिला म्यानेजर रहेको जनाएको छ । हाम्रो कार्यथलोमा महिलालाई महत्वदिई सहयोग गर्ने लामो परम्परा छ, म्याकडोनाल्डले भनेको छ ।
 
सन् १९४० मा क्यालिफोर्नियाको सानबर्नाडिर्नोवाट म्याकडोनाल्ड रेष्टुरेण्ट सुरु भएको थियो । अहिले करिब १०० देशमा यसका झण्डै ४० हजार म्याकडोनाल्ड रेष्टुरेण्ट छन् । जसमा ३ लाख ७५ हजारले रोजगारी पाएका छन् । खाना पछि रियल स्टेर अर्थात् घरजग्गा कारोबार म्याकनोल्डको आम्दानीको अर्को स्रोत हो । तस्बिर: सामाजिक संजाल