मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

होलीमा रङ्गिए ह्युस्टनका नेपाली

होलीमा रङ्गिए ह्युस्टनका नेपाली


हिमालयखवर संवाददाता- 
ह्युस्टन, टेक्सस(अमेरिका)- आइतबार बिहान ११ बजेदेखि पशुपति मन्दिर परिशरमा नेपालीहरु जम्मा हुन थालिसकेका थिए । पहिलोपल्ट आयोजित सामुहिक होलीको उमङ्ग खेर जान दिनुहुदैन भन्ने उत्साहले उनीहरुलाई त्यहाँ तानेको थियो । होली आफैंमा रङ्गहरुको पर्व (  राग, द्वेस , ईर्ष्या र घॢणा त्यागेर एकापसमा माया र सद्भाव साट्ने अवसरको पर्व । त्यही सद्भाव र माया देखियो आजको होली कार्यक्रममा । 
 
ह्युस्टनको पशुपति मन्दिर, ६८ रोपनी जग्गा र त्यहाँ रहेको अरु भौतिक संरचना नेप्लिज एशोसिएसनको स्वामित्वमा आएपछि यहाँका नेपालीहरुमा बेग्लै उत्साह र खुशी देखिन्छ । त्यसैको रौनक आज यहाँ आयोजित सामुहिक होली उत्सवमा देखियो । 
 
वुडल्याण्डबाट सपरिवार होली मनाउन आएका राजीव घिमिरे भन्दैथिए । शनिवार भारतीय समुदायले होली खेल्न बोलाएको थियो । तर त्यता जान त्यति जाँगर लागेन । एकघन्टा टाढा भएनि आफ्नै मन्दिर प्राङ्गढमा रमाउन मन लाग्यो । आफ्नो भनेको आफ्नै हो । 
 
यस्तै प्रतिक्रिया दिने धेरै भेटिए त्यहाँ । रंग आदान प्रदान गर्दै एकापसमा शुभकामना बाँडेको दॢश्यहरु रमाइला थिए । केटाकेटीहरु आफ्नै धुनमा रंग छ्यापाछ्याप गर्दै तरङ्गित देखिन्थे । 
 
नेप्लिज एशोसिएसन अफ ह्युस्टन र एशोसिएसन अफ नेपाली तराइन इन अमेरिकाको संयुक्त आयोजनामा पहिलो चोटी यहाँ होली आयोजना गरिएको हो । आन्टाले उपलब्ध गराएको सेतो टीसर्ट र  एनएएचले तयार पारेको  रंगको प्याकेट बिक्रीबाट उठेको रकम पशुपति मन्दिरको खातामा जम्मा गरिने जानकारी दिइएको छ । 
 
कार्यक्रममा क्याफे इन्डियाले फुड स्टल राखेर भेज मम, समोसा र चाट बिक्री गरेको थियो ।