बिश्व घटना

अमेरिकाको ड्यालस टेक्ससमा नेपालीले यसरी मनाए होली, हेर्नुस् १४२ तस्वीर

अमेरिकाको ड्यालस टेक्ससमा नेपालीले यसरी मनाए होली, हेर्नुस् १४२ तस्वीर


भूपेन्द्र न्यौपाने / हिमालयखवर संवाददाता

टेक्सस(अमेरिका)- रंगहरुको पर्वका रुपमा परिचित होलीलाई अमेरिकाको ड्यालसमा नेपाली संघसंस्थाहरुले भव्य रुपमा मनाएका छन् । 

Advertisement
 
ड्यालस र सेरोफेरोमा शनिबार होलीका चारवटा कार्यक्रमहरु भएका छन् । नेपाली समाज टेक्ससको आयोजनाका ग्रेपभाइन लेक, युलेसको नेपाली कम्युनिटीको आयोजनामा युलेस, रमाइलो रेष्टुरेन्टको आयोजनामा बियरक्रिक पार्क र मधेशी समाजको आयोजनामा अर्भिङमा होलीका कार्यक्रमहरु भएका थिए । 
 
सबै कार्यक्रममा नेपालीहरुको उल्लेख्य सहभागिता थियो । विगतका वर्षहरुमा होली कार्यक्रम एकै थलोमा हुने गरेकोमा यस पटक विभाजित जस्तो देखिएपनि सहभागिता भने निकै उत्साहप्रद थियो ।
 
नेपाली समुदायका व्यक्तिहरु होलीका सबै कार्यक्रमहरुमा सहभागी हुने प्रयासमा थिए । अर्को वर्षदेखि होलीको कार्यक्रम सबै संघसंस्थाहरु मिलेर एकै थलोमा आयोजना गर्नुपर्ने आवाज उठेको छ । 
 
नेपाली समाज टेक्ससको होली कार्यक्रममा सहभागी हुन एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल समेत न्यूमेक्सिकोबाट आएका थिए । 
 
प्रवासमा रहेर पनि होलीको पर्व मनाउन पाउँदा निकै रमाइलो महसुस भएको सहभागीहरुको प्रतिकृया थियो ।

शेयर गर्नुहोस:

0
Shares