मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकाको ड्यालस टेक्ससमा नेपालीले यसरी मनाए होली, हेर्नुस् १४२ तस्वीर

अमेरिकाको ड्यालस टेक्ससमा नेपालीले यसरी मनाए होली, हेर्नुस् १४२ तस्वीर


भूपेन्द्र न्यौपाने / हिमालयखवर संवाददाता

टेक्सस(अमेरिका)- रंगहरुको पर्वका रुपमा परिचित होलीलाई अमेरिकाको ड्यालसमा नेपाली संघसंस्थाहरुले भव्य रुपमा मनाएका छन् । 

 
ड्यालस र सेरोफेरोमा शनिबार होलीका चारवटा कार्यक्रमहरु भएका छन् । नेपाली समाज टेक्ससको आयोजनाका ग्रेपभाइन लेक, युलेसको नेपाली कम्युनिटीको आयोजनामा युलेस, रमाइलो रेष्टुरेन्टको आयोजनामा बियरक्रिक पार्क र मधेशी समाजको आयोजनामा अर्भिङमा होलीका कार्यक्रमहरु भएका थिए । 
 
सबै कार्यक्रममा नेपालीहरुको उल्लेख्य सहभागिता थियो । विगतका वर्षहरुमा होली कार्यक्रम एकै थलोमा हुने गरेकोमा यस पटक विभाजित जस्तो देखिएपनि सहभागिता भने निकै उत्साहप्रद थियो ।
 
नेपाली समुदायका व्यक्तिहरु होलीका सबै कार्यक्रमहरुमा सहभागी हुने प्रयासमा थिए । अर्को वर्षदेखि होलीको कार्यक्रम सबै संघसंस्थाहरु मिलेर एकै थलोमा आयोजना गर्नुपर्ने आवाज उठेको छ । 
 
नेपाली समाज टेक्ससको होली कार्यक्रममा सहभागी हुन एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल समेत न्यूमेक्सिकोबाट आएका थिए । 
 
प्रवासमा रहेर पनि होलीको पर्व मनाउन पाउँदा निकै रमाइलो महसुस भएको सहभागीहरुको प्रतिकृया थियो ।

शेयर गर्नुहोस:

0
Shares