मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

श्रीदेवीको मृत्युको कारण अझै अस्पष्ट

श्रीदेवीको मृत्युको कारण अझै अस्पष्ट


हिमालयखवर संवाददाता
अमेरिका – बलिउडकी चर्चित नायिका श्रीदेवीको दुवई होटलमा भएको मृत्युको कारण अझै स्पष्ट हुन सकेको छैन । दुवई अस्पतालले जारी गरेको पोस्टमार्टम रिर्पोटलाई उदृत गर्दै गल्फ न्यूजले उनको शरीरमा अल्कोहलको अंश फेला परेको जनाएको छ । 
 
गल्फ न्यूजका अनुसार होटलकै कोठाको बाथटवमा डुबेर उनको मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ । प्रारम्भिक जाँचमा अल्कोहलको नशामा श्रीदेवीले सन्तुलन गुमाएर वाथटवमा लड्दा मृत्यु भएको हुन सक्ने सक्ने देखिएको छ । दुवई प्रहरीले यसबारेमा अझै थप अनुसन्धान गरिरहेको छ। यस क्रममा श्रीदेवीका श्रीमान् बोनी कपुर लगायत परिवारका अन्य सदश्यसंग पनि घटनाको बारेमा त्यहाँको प्रहरीले घटनाको विस्तृत विवरणका बारे सोधपुछ गरिरहेको छ । 
 
मृत्यु कसरी भयो यो स्पष्ट नहुदां श्रीदेवीको पार्थिव शरीर मुम्वई ल्याउन ढिलाइ भइरहेको छ । श्रीदेवीको शव परिक्षणवाट दुवईको सरकारी निकाय पब्लिक प्रांसिक्यूशन सन्तुष्ठ हुन सकेका छैन । यही कारण उनी बसेको कोठा, होटलमा उपलब्ध सीसीटीभीका फुटेजलाई समेत आधार मानेर प्रहरीले अनुसन्धान गरिरहेको छ । यस क्रममा श्रीदेवीको पहिलेका मेडिकल रिर्पोटपनि माग गरिएको छ । उनले कतिपटक कस्मेटिक सर्जरी गरिन, विगतमा स्वास्थ्य खरावी थियो थिएन यसबारेमा जानकारी मागिएको हो ।
 
यो अवस्थामा पुन एक पटक श्रीदेवीको पोस्टमार्टम हुन सक्ने मिडियाले जनाएका छन् । दुबई प्रहरीले आफ्नो तर्फबाट सफाइ दिएपनि पब्लिक प्रोसिक्यूशनले थप अनुसन्धानको आवश्यकता भएको भन्दै जाँच अघि बढाएको हो । 
 
श्रीदेवीको पार्थिक शरीर लिन भारतका सबैभन्दा धनी उद्योगपति मुकेश अम्बानीको निजी जहाज त्यहाँ पठाइएको थियो । तर, मृत्युको कारण स्पष्ट नहुदांसम्म दुवई प्रहरीले शव नदिने जवाफ दिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।
 
सुरुमा उनको मृत्यु ह्दयघातवाट भएको जानकारी बाहिर आएको थियो । तर, ५४ वर्षीय आफ्नो जमानाकी सुपरस्टार नायिका श्रीदेवीलाई यस अघि कहिल्लैपनि मुटु रोगको समस्या नदेखिएको हुदां उनको मृत्युका कारणबारे विभिन्न अड्कलबाजीहरु बाहिर आएका हुन् । 
 
भारतीय संचारमाध्यमले सूत्रलाई उदृत गर्दै श्रीदेवीको मृत्युको कारण कस्मेटिक सर्जरीपनि हुन सक्ने आशंका व्यक्त गरिएको थियो ।  श्रीदेवीको पार्थिव शरीर दुबईबाट भारत ल्याई अन्तिम संस्कार गरिने छ । श्रीदेवीको कर्म क्षेत्र मुम्बईमै उनको अन्तिम संस्कार हुने छ । तस्बिर: सामाजिक संजाल