ड्यालस(टेक्सस)- वर्षमा एक पटक आउने रंगको पर्व होली २४ फेब्रुअरी २०१८ मा अमेरिकाको टेक्ससमा मनाइने भएको छ। इन्द्रेणी संस्कृतिक संघ ड्यालसको आयोजनामा उक्त होली हुन लागेको हो।
होलीका लागि इन्द्रेणीले विगत बर्षहरुमा गर्दै आएकै स्थान ग्रेपभाइन लेक (2700 Trawick Trl, Grapevine, TX -76051) मा हुने भएको छ।
तीनसय भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । होलीको तयारी पुरा भएको जानकारी अध्यक्ष ताराप्रसाद भुसालले दिए।
दिउसो १ बजे बाट होली खेल्न सुरु गरिने कार्यक्रम रहे पनि होलीका अवसरमा गरिने भलिबल कार्यक्रमहरू भने १० बजेबाटै सुरु हुनेछ। भलिबल टिम दर्ता २३ फेब्रुअरी शुक्रवार साँझ ५ बजे सम्म गर्न सकिनेछ।
होलीका दिन डिजे नितिश र डिजे राजन को डिजे, होली डान्स, बिङ्गो खेलहरू राखिएका छन् । रङ्ग सबै इन्द्रेणीले उपलब्ध गराउनेछ भने सुलभ मूल्यमा नेपाली रेस्टुरेन्टको नेपाली भोजन उपलब्ध गराइने छ।
१० वर्ष अघि स्थापना भएको इन्द्रेणी संस्कृतिक संघ ड्यालसले स्थापना भएदेखि होली मनाउँदै आएको संघका उपाध्यक्ष बेदनिधि दाहालले बताएका छन् ।









प्रतिक्रिया