मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससको प्रवासी मञ्च अधिवेशनमा जुट्यो

टेक्ससको प्रवासी मञ्च अधिवेशनमा जुट्यो


हिमालयखवर संवाददाता- 
ड्यालस (अमेरिका) – प्रवासी नेपाली मञ्च टेक्सस च्याप्टरको अधिवेशन आउँदो मार्च १० तारिकमा हुने भएको छ । 
 
गत साता बसेको बैठकले मार्च १० तारिक शनिबार दोस्रो अधिवेशन गर्ने निर्णय गरेको सचिव लक्ष्मण घिमिरेले जानकारी दिए । ड्यालस नजिकैको वातागा सिटीमा अधिवेशन हुन लागेको र त्यसमा सहभागी हुनका लागि मञ्चका सदस्य, शुभेच्छुकहरुलाई घिमिरेले आग्रह पनि गरेका छन् ।
 
प्रवासी मञ्च नेपालको राजनीतिक दल नेकपा एमालेको शुभेच्छुक संस्था हो । 
 
अधिवेशनमा यस पटक च्याप्टर नेतृत्वको लागि दुईजनाले इच्छा व्यक्त गरेका छन् । मञ्चका पूर्ब उपाध्यक्ष जीवन जोशी र चन्द्रमणि पाण्डेले अध्यक्षका लागि आकांक्षा व्यक्त गरेको सदस्यहरुले बताएका छन् ।
 
‘तर नेतृत्व चुनावबाट भन्दा पनि सर्वसम्मत र सर्वस्विकार्य रुपमा चयन गर्नका लागि हामी लागिरहेका छौँ,’ मञ्चका अर्का एक सदस्यले भने । नेपालमा वाम गठवन्धनले बहुमत प्राप्त गरेर सरकार गठन गरेको अवस्थामा यसपटक मञ्चको अधिवेशन आयोजना गर्न यसका सदस्यहरु निकै उत्साहित देखिएका छन् । 
 
कार्यक्रमका लागि प्रमुख अतिथिको निधो भैसकेको छैन । नेपालबाट कोही माथिल्ला स्तरका नेताहरु आएको अवस्था मिलेमा ती नेतालाईनै बोलाउने योजनामा मञ्चका पदाधिकारीहरु छन् ।