मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ड्यालसमा नेपालीले सञ्चालन गरे फर्निचर स्टोर

ड्यालसमा नेपालीले सञ्चालन गरे फर्निचर स्टोर


हिमालयखवर संवाददाता- 
टेक्सस (अमेरिका) । अमेरिकाको ड्यालस शहरमा नेपालीले फर्निचर स्टोर सञ्चालनमा ल्याएका छन् । 
 
नेपाली समुदायको ठूलो संख्याले ग्याँस स्टेशन, ग्रोसरी स्टोर, व्युटी पार्लरहरु सञ्चालन गरिरहेकोमा त्यसभन्दा पृथक रहेर दुइ जना नेपालीले संयुक्त रुपमा फर्निचर स्टोर सञ्चालन गरेका हुन् । थोक व्यापारको लागि प्रख्यात हेरिहाइन्स (२५२५ रोयल लेन) मा पि एण्ड आर फर्निचर स्टोर सञ्चालनमा ल्याइएको सञ्चालक मध्यका एक रोशन घिमिरेले बताए । 
 
खास गरी यो क्षेत्रमा नेपालीहरुले घर खरिद गर्ने क्रम बढेकाले घर खरिद गर्ने नेपालीहरुलाई विशेष सेवा दिने उद्देश्य लिएर यो ब्यबसाय सुरु गरिएको उनले बताएका छन् । यो फर्निचर स्टोरबाट फर्निचर खरीद गर्ने ब्यक्तिले शून्य प्रतिशत ब्याजदरमा बिभिन्न किसिमका फर्निचर  (सोफा सेट, खाट सेटहरु, डाइनिङ्ग सेट, म्याट्रेस) सस्तो दरमा गुणस्तरीय पाउने व्यबस्था समेत गरिएको छ ।
 
फर्निचर स्टोरबाट खरीदकर्तालाई निशुल्क रुपमा घर सम्म सामान पु¥याउने सेवा समेत रहेको सञ्चालकले जानकारी दिए ।