मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युलेसको भव्य होली मार्च ३ मा

युलेसको भव्य होली मार्च ३ मा


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) । युलेस नेपाली समाजले आउँदो फागु पूर्णिमाको अवसरमा विगतका वर्षहरू जस्तै भव्य होली अायोजना गर्ने तयारी गरेको छ ।
 
मार्च ३ तारिकमा युलेसको ओकरिज पार्क (टिकापुर)मा भव्य होली गर्न लागिएको हो । पारिवारिक जमघट सहितको होली कार्यक्रममा सबै नेपालीलाई सहभागिताको लागि स्थानीय अगुवा टीका पौडेलले आग्रह गरेका छन् ।  
 
‘यो कार्यक्रम एक आपसमा निकट बनाएर शुध्द मनोरञ्जनका लागि आयोजना गर्न लागेका हौ“,’ पौडेलले भने । युलेसमा गत वर्ष अायोजना गरिएको होली व्यबस्थित र मनोरञ्जनात्मक भनेर धेरैले प्रशंसा गरेका थिए । 
 
यसपटक एकहजारको हाराहारीमा मानिसहरूलाइ ख्वाउने र पियाउने तयारी गरिएको छ । फोर सी (चिकन, चिउरा, चुस्की, चना) र बिरयानी समेतको निशुल्क व्यबस्था गर्न लागिएको पैाडेलले बताए । 
 
यो विशुद्ध रुपमा पारिवारिक जमघट र मनोरञ्जनको लागि आयोजना गरिएको पौडेलले बताए ।  'होली भनेको रमाइलोका लागि गरिने भएकाले शुल्क तिरेर सहभागी हुनुपर्ने, खानाको लागि छुट्टै रकम तिर्नुपर्दा त्यसले रमाइलो हुँदैन, व्यापारमात्र हुन्छ । त्यसैले गर्दा हामीले सबै कुरा निशुल्क गरेर बढीभन्दा बढी नेपालीलाइ मनोरञ्जन दिन लागेका हैाँ,' पैाडेलले भने । 
 
अमेरिकामा जन्मिएका र सानै उमेरमा अमेरिका आएर हुर्केका बालबालिकाहरुलाई समेत हिन्दू धर्मसंस्कृति बारे जानकारी समेत दिनका लागि समाजले होली कार्यक्रम गर्दै आएको छ । युलेसको ओकरिज पार्कमा दिउसो १२ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागी हुनेका लागि चर्च र अल्दीमा पार्किंग सुविधा रहेको छ ।