ड्यालस (टेक्सस) – नेपाली समाज टेक्ससले तीन संयोजकहरुको मनोनयन गरेको छ ।
गत महिना सम्पन्न साधारण सभाबाट निर्वाचित कार्यसमितिको बैठकले स्कूल, आइटी र हेल्थक्याम्पका तीन संयोजकहरुलाई मनोनित गरेको हो । नेपाली समाजका अनुसार स्कुुल संयोजकमा अनुपमराज घिमिरे, आइटीमा सन्देश पाण्डे र स्वास्थ शिविर संयोजकमा दिनेश शर्मा चयन भएका छन् ।
नेपाली समाजको विधान अनुसार कार्यसमितिका अन्य पदमा निर्वाचन भएपनि स्कुल, आइटी र स्वास्थ शिविरका संयोजक भने मनोनित गर्ने प्रावधान छ ।
स्कूलको संयोजकमा मनोनित घिमिरेसँग नेपालमा एक दशकको शिक्षाक्षेत्रको अनुभव छ । घिमिरेसँग व्यबस्थापन क्षेत्रको समेत लामो अनुभव छ ।
त्यस्तै आइटी संयोजक पाण्डे १३ वर्षदेखि सूचना प्रविधिको क्षेत्रमा कार्यरत छन्। सफ्टवयर इन्जिनियरका रुपमा पाण्डेले नेप्लिज सोसाइटी अफ अलास्काका रुपमा समेत नेतृत्व गरिसकेका छन् । यसका अतिरिक्त घिमिरेसँग बिभिन्न संघसंस्थाको नेतृत्व गरेको अनुभव समेत छ ।
हेल्थक्याम्प संयोजकमा मनोनित शर्मा पनि लामो समयदेखि ड्यालसको नेपाली समुदायमा कृयाशील व्यक्ति हुन् । नेपाली समाज टेक्ससको बिभिन्न पदमा रहेर काम गरिसकेको अनुभव समेत शर्मासँग रहेको छ ।
यसैबीच नेपाली समाजले नेपाली बालबालिकाहरुका लागि कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । यसपटक नेपाली बालबालिकाहरुलाई मनोरञ्जनात्मक रुपमा नैतिक शिक्षामा केन्द्रित गरेर यसपटक पाठ्यक्रम बनाइएको नेपाली समाजले जनाएको छ ।
प्रतिक्रिया