अमेरिका – अमेरिकामा खेलकुदको सवैभन्दा ठुलो प्रतिस्पर्धा सुपर वलको ५२ औं संकरण फिलाडेल्फिया इगल्सले हात पारेको छ । निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक उक्त फाइनल खेलमा इगल्सलले न्यूइंल्याण्ड प्याट्राईट्सलाई हराउंदै उपाधी जितेको हो ।
![](/public/ckfinder/userfiles/images/180204220329-37-super-bowl-2018-exlarge-169.jpg)
मिनियापोलिसको मिनिसोटा स्थित युएस ब्यांक स्टेडियममा भएको उक्त फाइनल खेलमा खेल सकिनुभन्दा केही अघि प्याट्राईट्स अगाडी थियो । तर, त्यसैवेला भएको एउटा रोमाञ्चक टचडाउनले इगल्सले खेललाई आफ्नो पक्षमा पार्न सफल भयो । अन्तिममा स्कोर ४१ इलल्स ३३ प्याट्राईट्स भई खेल सकिएको हो ।
प्राप्त अवसरको इगल्सका खेलाडीले राम्रोसंग उपयोग गरेका थिए । खेलमा इलल्सले शुरु देखिनै आफ्नो दवदवा भने राखेको थियो । इगल्सले सुपरबलको उपाधी पहिलो पटक जितेको हो । इगल्सको जितमा २९ बर्षिय खेलाडी निक फोल्सको विशेष योगदान रह्यो ।
![](/public/ckfinder/userfiles/images/180204214757-33-super-bowl-2018-exlarge-169.jpg)
यो अमेरिकामा सवैभन्दा वढी दर्शक आकर्षित गर्ने प्रतिस्पर्धा पनि हो । लिग चरणवाट सवैभन्दा वढी अंकका साथ यी दुई टिम फाइनलमा पुगेका थिए । यो प्रतिस्पर्धाको अर्को विशेषत हाल्फ टाइममा हुने प्रस्तुती पनि हो । गायक जस्टिन टिम्वरलेकले हाल्फटाइसमा आफ्नो प्रस्तुती दिएका थिए । यो सुपरबलमा ३० सेकेण्टको विज्ञापन देखाउन ५० लाख डलरसम्म तिर्नु परेको थियो । फोटो: सामाजिक संजाल
![](/public/ckfinder/userfiles/images/180204202236-28-super-bowl-2018-exlarge-169.jpg)
प्रतिक्रिया