अस्टिन (अमेरिका) – नेपाल आइडलको टप थ्रीमा पुग्न सफल (बिजेता र दुई उपबिजेता) हरुले आउँदो फेब्रुअरी १४ तारिक अस्टिनमा प्रस्तुति दिने भएका छन् । प्रेम दीवसका रुपमा लिइने ‘भ्यालेन्टाइन डे’ को साँझ उनीहरुले अस्टिनमा गाएर र नचाएर नेपाली समुदायलाई तताउने तयारी गर्दैछन् ।
नेपाल आइडलका बिजेता बुद्ध लामा सहित निसान भट्टराई र प्रताप दाश यतिखेर सांगीतिक कार्यक्रम प्रस्तुतिको क्रममा अमेरिकाका बिभिन्न शहरहरुमा छन् । शनिबार टेक्ससकै सानएन्टेनियो शहरमा उनीहरुले प्रस्तुति दिएका थिए ।
८८४८ मिडिया हाउसको आयोजनामा हुन लागेको यो कार्यक्रम अस्टिनमा फेब्रुअरी १४ तारिक बुधबार एसिएन अमेरिकन रिसोर्स सेन्टर (८४०१ क्यामरन रोड) मा हुने प्रस्तुति हेर्न अस्टिनका नेपाली समुदायलाई आयोजकहरुले आग्रह गरेका छन् । साँझ ७ बजेबाट सुरु हुने सांगीतीक कार्यक्रमलाई स्थानीय नेपाली समुदायले असाध्यै उत्सुकताका साथ हेरिरहेका छन् ।
नेपाल आइडलका तीनै जनाले आइतबार एक भिडियो सन्देश दिँदै प्रत्यक्ष रुपमा भेटघाट गर्न र सांगीतिक कार्यक्रम प्रस्तुतिका लागि अस्टिन आउन लागेकाले उपस्थित भएर हौसला बढाइदिन अपिल गरेका छन् ।
कार्यक्रमको टिकट तथा अन्य जानकारीका लागि स्थानीय व्यबस्थापक भुपेन्द्र न्यौपाने लगायतको टीम गठन भैसकेको छ । टीममा सनोद कुमार, अनिल दुलाल, देबी भेटवाल, पूजा श्रेष्ठ, रोशन सिंहसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।






प्रतिक्रिया