बिश्व घटना

सुपरबलमा ३० सेकेण्ड विज्ञापन गर्न ५० लाख डलर

सुपरबलमा ३० सेकेण्ड विज्ञापन गर्न ५० लाख डलर


हिमालयखवर संवाददाता
अमेरिका । अमेरिका भित्र खेलकुलमा सबैभन्दा ठुलो प्रतिस्पर्धा सुपर बल फाइनलमा ३० सेकेण्ड विज्ञापन दिन कति पैसा लाग्ला ? 
 
सामाजीक संजालको दवदवा भएपछि सुपरवलको भने आफ्नै विशेषता छ । अमेरिकामा सबैभन्दा बढी हेरिने खेलकुद प्रतिस्पर्धा भएकाले पनि यसमा आउने विज्ञापनको आफ्नै भाउ छ । 
 
यहाँ ३० सेकेण्ट विज्ञापन देखाउन ५० लाख डलर अर्थात ५० करोड नेपाली रुपैंया पर्छ । यस पटक म्याच करिव १२ करोडले एकैपटक टेलिभिजनवाट प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ । 
 
यो अमेरिकामा सवैभन्दा बढी दर्शक आकर्षित गर्ने प्रतिस्पर्धा पनि हो ।  न्यूइंग्लाण्ड प्रयाट्ईट्स र फिडेलफियाको इंगल्स फाइनमा भिड्ने छन् । 
 
लिग चरणवाट सबैभन्दा  बढी अंकका साथ यी दुई टिम फाइनलमा पुगेका हुन् । यो प्रतिस्पर्धाको अर्को विशेषत हाल्फ टाइममा हुने प्रस्तुति पनि हो । 
 
चर्चित गायक गायिक हाल्फ टाइम शोमा आउने गरेका छन् । हाल्फ टाइम शोमा प्रस्तुति दिनु प्रतिष्ठानको विषय पनि मानिन्छ । 
 
सुपरबलमा कस्को कस्तो विज्ञापन आयो भन्ने समेतले चर्चा पाउने हुँदा अत्यधिक भएको हो । 
 
मिनियापोलिस मिनिसोटा स्थित यूएस ब्यांक स्टेडिएम लागेको यो प्रतिस्पर्धाले अमेरिकाको व्यापार समेत बढाउँछ। यो प्रतिस्पर्धा एनबिसीमा प्रत्यक्ष प्रशारण गर्छ ।
 
अमेरिकामा अहिले सुपरबल भनेपछि मरिहत्ते गर्ने नेपालीहरु पनि बढीरहेका छन् । साथी भाईसँग रमाइलो गर्दै सुपरवल हेर्ने गरिन्छ । अमेरिकामा सुपरवल ,भारतमा क्रिकेट, युरोपमा सकरजस्तै मानिन्छ ।

शेयर गर्नुहोस:

0
Shares