मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा पनि बुधवार बिहान चन्द्र ग्रहण

अमेरिकामा पनि बुधवार बिहान चन्द्र ग्रहण


हिमालयखवर संवाददाता
अमेरिका- 
अमेरिकामा पनि बुधवार बिहान चन्द्रग्रहण लाग्ने भएको छ । नेपालमा बुधवार साँझ लाग्ने उक्त ग्रहण अमेरिकामा भने बुधवार बिहान देखिने छ । 
 
अमेरिकाका राज्यहरू हवाई, आलास्कावाट सुरु हुने बुधवार बिहानको चन्द्र ग्रहण अमेरिकाको मध्ये देखि पश्चिम क्षेत्रमा देखिने छ । टेक्सस, कोलोराडो राज्यमा पनि चन्द्र ग्रहण देखिने छ । माघ पूर्णिमाका दिन चन्द्रग्रहण लाग्नुलाई दिव्य संयोग मानिएको छ । सुपर मुन, ब्लुमुन र ग्रहण एक पटक हुनु त्रिसंयोग मानिएको छ ।
 
हाम्रो पूर्वीय धर्मशास्त्रीय मान्यता अनुसार सबै राशीकाले भने ग्रहण हेर्नु फलका लागि उचित छैन । टेक्सस स्थित नेपाली सनानत मन्दिरका मुल पुरोहित पण्डित डा.शेखर पण्डितका अनुसार बृष, तुला, कुम्भ, र कन्या राशि भएकाले मात्र ग्रहण हेर्दा फल प्राप्त हुन्छ । अन्य राशिका लाई भने यो ग्रहण नहेर्नु नै उपयुक्त छ, पण्डितको सुझाव छ । जुन राशि भएकालाई ग्रहण हेर्नु हुदैंन उक्त राशि भएकाका लागि यो ग्रहण अशुभ छ । खुला आँखाले भने कसैले ग्रहण हेर्नु हुदैंन । 
 
बुधवार एकमहिने स्वस्थानी व्रतको समाप्त हुने पूर्णिमा पनि हो । पुरोहित पण्डितका अनुसार अमेरिकामा भने ग्रहण सकिएपछि नियमित रूपमा बुधवार मध्यान्ह्कालमा स्वस्थानी ब्रत्रकथाको विधिपुर्वक समाप्ति अर्थात् सांगे गर्न सकिन्छ । नेपालमा पहिलेनै सांगे गरिने भएकाले यहाँ पनि केही भ्रम परेको छ, पण्डितले भने तर, बुधवार बिहान साढे ७ बजे अघि नै अमेरिकामा ग्रहण सकिने हुदां दिउसोको स्वस्थानी सांगेलाई फरक पर्दैन । नियमित रूपमा दिउसो गर्दा हुन्छ । 
 
चन्द्रग्रहण लाग्नु भन्दा ८ घण्टा अघिबाट खाना खान नहुने ज्योतिष मान्यता छ । त्यसैले अमेरिकामा मंगलवार साँझ अतिकति चाडै खाना खानु उपयुक्त हुने सुझाव डा पण्डितको छ । यस बेला सुत्न, हास्य विनाद, यौन सम्पर्क, नगर्दा राम्रो हुने ज्यातिषहरुको सल्लाह छ । ग्रहणका बेला आफ्नो धार्मिक मान्यता अनुसार दान, धर्म, पूजा आजा गरिने प्रचलन छ । यस्तो ग्रहण सेना, कृषक लागतका लागि फलदायी नहुने मान्यता छ । यो ग्रहण ककर्ट राशिमा परेको छ । यसले गर्दा यसराशीका लाई सबैभन्दा बढी प्रतिकूल प्रभाव पार्ने ज्योतिषशास्त्रीले बताएका छन् । विज्ञानले भने यस्ता तर्कलाई स्विकार्दैन । 
 
बैज्ञानिकहरुका अनुसार यो चन्द्र ग्रहणमा चन्द्रमा पृथ्वीको नजिक आउने सुपर मुन हुने छ । यसले गर्दा चन्द्रका आकार पहिले पहिले भन्दा ठुलो देखिने छ । एकै महिनामा दुई पटक पुर्णचन्द्र देखिने ब्लुमुनको योग पनि परेको वैज्ञानिकहरूले बताएका छन् । यो दुर्लभ खगोलिय घटना १५२ वर्ष पछि हुन लागेको हो । ब्लुमुन भनिएपनि चन्द्रमा निलो देखिने भने होइन । यो अरू वेला भन्दा १४ प्रतिशत चहकिलो मात्र हुने छ । 
 
अमेरिकामा ग्रहण करिब साढे ३ घण्टा रहने छ । यो प्यासेफिक समय अनुसार ३ बजेर  ४८ मिनेट जाँदा सुरु हुने छ र ७ बजे १२ मिनेर जाँदा सकिने छ । ग्रहणको सबैभन्दा बढी असर प्यासेफिक टाइममा ४ बजे ५१ मिनेट देखि ६ बजे ८ मिनेट जांदासम्म रहने छ । यो ग्रहण हेर्नका लागि अमेरिकाको हवाई र आलास्का सबैभन्दा उपयुक्त स्थान हुन् । त्यहाँबाट पुरा ग्रहण हेर्न सकिन्छ ।