मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आईसीईद्धारा उत्तर टेक्सस तथा अक्लोहामामा गत साता ३ दिनमा ८६ कागजात विहीन पक्राउ

आईसीईद्धारा उत्तर टेक्सस तथा अक्लोहामामा गत साता ३ दिनमा ८६ कागजात विहीन पक्राउ


हिमालयखवर संवाददाता
टेक्सस(अमेरिका)- अमेरिकाको इमिग्रेशन प्रशासन इमिग्रेशन एण्ड कस्टम्स् इन्र्फोस्मेण्ट (आईसीई)ले कागजात विहीन गैरकानुनी रूपमा अमेरिका बस्नेलाई हटाउने नीति अनुसार तीन दिनमा उत्तर टेक्सस र अक्लोहामा राज्यमा ८६ जनालाई पक्राउ गरेको छ । अपराधको रेकर्ड भएका र इमिग्रेशन कानुन विपरीत अमेरिका बस्दै आएका कागजात विहीनलाई पक्राउ गरिएको हो । तिने दिने उक्त अपरेशन बिहीबार सकिएको थियो । 
 
यसरी पक्राउ पर्नेमा सबैभन्दा बढी मेक्सिकोका नागरिक छन् । ५५ जना मेक्सिकोका नागरिक पक्राउ परेको आईसीईले जनाएको छ । आईसीईले वेभसाइटमा राखेको विवरण अनुसार १९ देखि ६१ वर्ष उमेर सम्मका पक्राउ परेका छन् । यसमा ८२ जना पुरुष पक्राउ परेका हुन् । 
 
मेक्सिको पछि पक्राउ पर्नेमा ग्वाटेमालाका १० जना, एलसाल्भाडोर ६, हण्डुरस ४ र बंगलादेशका ३ जना लगायत छन् । टेक्ससमा नेपालीको ठुलो बस्ती रहेपनि उक्त अपरेशनमा केही पनि नेपाली भने पक्राउ परेनन् । आर्लिंटन, फोर्टवोर्थ, डलास, डेटन, लवक, ग्रिनभिल, ग्रयाण्ड पेरी लगायतका टेक्ससका सहरमा यो अपरेशन केन्द्रित थियो । यस्तै अक्लोहामा सिटी, टुल्सा लगायतका स्थानबाट १६ जना पक्राउ गरिएको थियो । 
 
पक्राउ परेका मध्ये ५५ जनाको आपराधिक रेकर्ड रहेको छ । केहीको रक्सी पिएर गाडी चलाएको अपरोध हुनेपनि पक्राउ परेका छन् । पक्राउ परेकामा २१ जना गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका हुन् । अन्य भने विभिन्न रूपमा अमेरिका प्रवेश गरे पनि भिसाको अवधि सकिएपनि यही बसेका हुन् । 
 
जनवरी २५ मा बंगलादेशका ५७ वर्षीय नागरिक ड्यालसमा पक्राउ परे । उनी १९९४ मा टेक्प्रोररी (अस्थायी) पर्यटक भिसामा अमेरिका आएका थिए । उनी यस अघि लागुपदार्थ कारोबारको आरोपमा पक्राउ परेका थिए ।
 
जनवरी २५ मै  ४३ वर्षीय मेक्सिकोको नागरिक टेक्सस ब्रकनरिड्र्जमा पक्राउ परे । उनी १९९६ मा स्थायी बसोबासको अनुमति पाएर अमेरिका आएका थिए । उनी पनि यस अघि विभिन्न अपराधमा  पक्राउ परेका थिए । सन् २०१४ मा गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका क्याम्रुनका २७ वर्षीय युवालाई बाल यौनजन्य अपराधमा संलग्न थिए । उनलाई पनि डिर्पोटेशनका लागि जनवरी २५ मा पक्राउ गरिएको हो । 
 
जनवरी २५ मा पक्राउ परेका मेक्सिकोका २६ वर्षीय नागरिक गैरकानुनी रूपमा अमेरिका प्रवेश गरे पनि ग्रिनकार्ड बनाएका थिए । उनले अपराध गरेकाले डिर्पोटेशनका लागि पक्राउ परेका हुन् ।
 
यो अपरेशन अपराध गरेर मागेका आप्रावासी माथि केन्द्रित रहेको आईसीईले जनाएको छ । यस्तो अपरेशन दैनिक चलिरहनेपनि आईसीईले जनाएको छ । फोटो: सामाजिक संजाल