मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा एल १ का लागि आवेदन दिने नेपाली बढ्दै

अमेरिकामा एल १ का लागि आवेदन दिने नेपाली बढ्दै


हिमालयखवर संवाददाता
अमेरिका-
नेपालमा व्यवसाय भएकाले अमेरिकामापनि  त्यही कम्पनी स्थापना गरी एल १ मार्फत स्थायी बसोबास र त्यसैका आधारमा ग्रिनकार्डका लागि आवेदन दिने नेपाली माझ लोकप्रिय हुदैं आएको छ । नेपालवा कुनै पनि देशमा व्यवसाय हुनेले त्यही कामका लागि अमेरिकाका कम्पनी स्थापना गरेर कारोबार अगाडी बढाउनेलाई एल१ दिइन्छ । कम्पनीका कामदार कर्मचारीले पनि एल १ लिन सक्छन् ।
 
धेरै नेपालीको एल १ गरेका एक जना नेपाली मुलका कानुन व्यवसायीले यसको पुष्टि गरेका हुन् । मैले सन् १६ यता करिब ८० जना नेपाली व्यवसायीको एल१ गरिसकेको छु, उनले भने । 
 
ठुलो भन्दा पनि नेपालमा सानो तिनो कारोबार हुनेमाझ एल१ लोकप्रिय भएको हो । काठमाडौँ ठमेल पश्मिना पसल हुने देखि ऊनी गलैँचा बनाउने सम्मका व्यवसाय यहाँ एल१ गर्न आएको ती कानुन व्यवसायीले बताए । त्यस्तो नाम चलेका व्यवसाय होइनन तर, नेपालमा व्यवसाय हुने एल १ लिनका लागि आईरहनुभएको छ उनले भने । 
 
यसमा धेरै पैसानै चाहिन्छ भन्ने छैन नाम नलेख्ने शर्तमा ती कानुन व्यवसायीले भने तर, नेपालमा जे व्यवसाय गरेको हो त्यसैलाई यहाँ निरन्तरता दिनु भने पर्छ । यसरी आउने कुनै पनि व्यवसायीको नाम भने उनले बताएनन् । यो कानुन व्यवसायी भएकाले मैले वताउछ मिल्दैन उनले भने । 
 
बहुराष्ट्रिय कम्पनीका प्रमुख कार्यकारी लगायत उच्च पदका कर्मचारी लागि एल१ भिषाको प्रावधान ल्याईएको हो । तर, यो यस्ता ठुला बहुराष्ट्रिय कम्पनीका कर्मचारीका लागि मात्र सीमित छैन । ५० हजार अमेरिकी डलर लगानी गर्दा पनि एल१ प्राप्त गर्न सकिने ती कानुन व्यवसायीले बताए । एल १ लिए पछि ग्रिनकार्डका लागि आवेदन दिन सकिन्छ । 
 
एल१ लिनेले पुरा समय अमेरिकामा बसेरै काम गर्नु पर्छ भन्ने छैन । आफ्नो आवश्यकता अनुसार दुवै तिर आउने जाने गर्दै काम गर्न सकिन्छ । एल १ रिजेक्ट रेट तुलनात्मक रूपमा कम छ ।