मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

किन महिलालाई उपाध्यक्ष र कोषाध्यक्ष पदमा मात्र ?

किन महिलालाई उपाध्यक्ष र कोषाध्यक्ष पदमा मात्र ?


लसएन्जल्स (अमेरिका)– नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको  गत डिसेम्बर १७ तारिखमा सम्पन्न हुन नसकेको छैठौ अधिवेशन  फेरी यही जनवरी २८ तारिख सम्पन्न हुन गइरहेको छ र महासचिव पदमा विनिता तामाङले  फेरी आफ्नो उम्मेदवारी घोषणालाई निरन्तरता दिएकी छन् । 
 
वर्तमान फिप्ना कार्य समितिको सदस्य समेत रहेकी तामाङले फिप्नाको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफू थप क्रियाशील हुने बताएकी छिन I सधैँ विभिन्न संघ संस्थामा महिला लाई उपाध्यक्ष र कोषाघ्यक्षको रूपमा मात्र राखिने परम्परागत चलनलाई तोड़न र महिलाहरू पनि हरेक पदको निम्ति सक्षम छन् भन्ने सन्देश दिनु ज़रूरी छ I  आफ्नो अभिव्यक्ति सहित उनी आफूले  आदिवासी जनजातिको आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएको तामाङले दाबी गरिन् ।
 
अहिलेसम्मको निरन्तर सक्रियताले गर्दा आफूलाई सबैले सहयोग गर्नेमा विश्वस्त रहेको समेत उनले बताएकी छिन् ।