मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

खेलाडी माथि यौन दुराचार गर्ने डाक्टरलाई १७५ वर्षसम्म कैद

खेलाडी माथि यौन दुराचार गर्ने डाक्टरलाई १७५ वर्षसम्म कैद


हिमालयखवर संवाददाता
अमेरिका- यौन दुराचार गरेको आरोप लागेका जिम्नास्टिकका लागि टिम अमेरिकाका पूर्व डाक्टर ल्यारी न्यासरलाई लाई अदालतले १७५ वर्षसम्मको जेल सजाय तोकेको छ । 
 
 मिशिगन स्थित सर्किट अदालतमा न्यायाधिश रोजमैरी आकिलिनाले कयौँ युवतीलाई यौन दुराचार गर्ने डाक्टर न्यासरलाई सजांय सुनाउँदै भनिन् मैले भरखरै तिम्रो मृत्युदण्डमा सहीछाप गरेँ अव तिमीले कहिल्लै पनि जेल बाहिर निस्कने अधिकार पाउने छैनौँ ।
 
फैसला अनुसार ती डाक्टरले कम्तीमा ४० वर्ष र बढीमा १७५ वर्षसम्म जेलमा बिताउनु पर्ने छ । फैसला सुनाउनु अघि बुधवार न्यासिरले आफ्नो कार्यका लागि संक्षिप्त माफी मागेका थिए । अदालतमा डाक्टर न्यासिरले यस अघि आफू निर्दोष रहेको भन्दै दिएको विवरण पनि फैसला अघि सुनाइएको थियो । त्यसमा ५४ वर्षका ती डाक्टरले उपचार पछि ठिक भएको भन्दै धन्यवाद दिनेले आफूलाई आरोप लगाएको उल्लेख गर्दै मिडियाले उनीहरूलाई प्रभावित पारेको दाबी गरेका थिए । 
 
तर, न्यायाधिश रोजमैरीले भनिन, तिमीले जे गर्‍यौ त्यसलाई उपचार भनिदैंन महाशय मेरा कुकुर समेत तिमीसँग पठाउँदिन । 
 
अदालतमा सुनुवाइका क्रममा डाक्टर न्यासिर माथि करिब १ सय ५० जनाले यौन उत्पिडनको सिकार बनाएको आरोप लगाएका थिए । उत्पिडनमा परेका युवतीहरूलाई सम्बोधन गर्दै न्यायाधिश रोजमैरीले भनिन् तपाईहरु अव उत्पिडन पीडित रहनुभएन तपाईहरु जीवन्त हुनुहुन्छ र अझै मजबुत हुनुभएको छ ।
 
५४ वर्षीय ती पूर्व डाक्टरलाई पहिलो पटक जिम्नास्टिक खेलाडी रैचल डेनहांलेण्डरले सार्वजनिक रूपमा यौन दुराचारको आरोप लगाएकी थिइन । उनले प्रहरीमा डाक्टरका विरुद्ध उजुरी दिएकी थिइन । आफुं १५बर्ष हुदां नैसरले यौन उत्पिडन गरेको उनले बताएकी थिर्यन । 
 
औलम्पिकमा स्वर्ण पदक विजेता जिम्नास्ट ऐली रेसमनले नैसरलाई धिकार्दै भनिन् तिमी यती तल्लो स्तरको डाक्टर हौँ की जति मलाई तिम्रो बारेमा कुरा आउँछ म यति आक्रोसित हुन्छु कि कि सम्हाल्न पनि कठिन हुन्छ । 
 
फैसला सुन्न अदालतमा भिड लागेको थियो । यो फैसलापछि उत्पिडनमा पर्ने र तिनका परिवारले खुसी न्याय भएको बताउँदै खुसी व्यक्त गरेका थिए । यो घटनाले अमेरिका जिम्यानिष्टिक खेल व्यवस्थापनमा समेत उथल पुथल ल्याएको थियो । 
 
यो फैसलालाई अमेरिकाका मिडियाहरूले प्रमुखताका साथ समाचार दिएका छन् । फैसला सुनाउने न्यायधिशको टिप्पणी चर्चित भएको छ । फोटो: सामाजिक सन्जाल