मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ग्रेटर अस्टिन नेपाली सोसाइटीको चौथो बार्षिक साधारण सभा सम्पन्न

ग्रेटर अस्टिन नेपाली सोसाइटीको चौथो बार्षिक साधारण सभा सम्पन्न


अस्टिन(टेक्सस)-   ग्रेटर अस्टिन नेपाली सोसाइटीको चौथो बार्षिक साधारण सभा भब्यतापूर्वक सम्पन्न भएको छ ।  विद्याकी देवी सरस्वतीको पुजा आराधनाका साथ गरिएको यो भेलाले सामुदायिक भवन बनाउने कुरामा प्रतिबद्धताका साथ यसलाई मुर्त रुप दिने ठोस योजना तर्जुमा गर्न सफल भएको छ ।
 
ग्यान्स कार्य समितिका अध्यक्ष देवराज न्यौपानेको अध्यक्षता र कार्यसमिति सदस्य धर्मानन्द गौतमले संचालन गरेको तथा उपाध्यक्ष प्रदुम्न श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको उक्त सभामा महासचिव सुदिप दाहालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष विदुर खतिवडाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने अग्रज ब्यक्तित्व इन्जिनियर उज्वल राजभण्डारीले सामुदायिक भवन कस्तो र कसरी बनाउन सकिन्छ भन्ने बारेको वैकल्पिक उपायहरु सहितको कार्यपत्र पेश गर्नु भएको थियो । सभामा अतिथी बक्ताहरु एनआरएन अमेरिकाका प्रवक्ता विनोद कुमार तिवारी, अग्रज ब्यक्तित्वहरु हेम पाठक, डा. कमल अधिकारी, राजेन्द्र भट्टराई, डा. नविन दाहाल लगायतका बक्ताहरुले महत्वपूर्ण विचारहरु राख्नु भएको थियो र उक्त सुझावहरुलाई मनन गर्दै प्रतिवेदनलाई परिमार्जन गरिएको छ ।
 
जनवरी १५, २०१७ मा बर्तमान कार्य समिति निर्वाचित भए यता १ बर्षमा २४ वटा औपचारिक महत्वपूर्ण कार्यक्रमहरु भएका छन् । यसमा इमिग्रेशन या कानुनी परामर्श जस्ता विषयहरुमा गोष्ठी, निशुल्क स्वास्थ्य शिविर, रक्तदान, खेलकुद, बनभोज, जेष्ठ नागरिक सम्मान, ग्यान्स नेपाली पाठशाला, कवि गोष्ठीहरु, मर्दापर्दा सरसहयोग लगायतका छन् । यस बाहेक बिभिन्न सरसहयोग र तयारीका कामहरु पनि भएका छन् ।आर्थिक प्रतिवेदनमा उल्लेख छ अघिल्लो कमिटीबाट प्राप्त गरेको रकम $8,399.00 थियो भने त्यसपछि एक बर्षमा भएको आय $23,897.00 र ब्यय $18,421.90 गरी बचत $13,874.10 रहेको छ । संगठनलाई यो ठाउँसम्म ल्याइपुर्याउन हर हिसावले सहयोग पुर्याउने सबैप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरिएकोछ ।
 
आगामी कार्ययोजना:
(१) स्वास्थ्य प्रशिक्षण शिविर (Health Education Class)
सामान्य स्वास्थ्य (general health), मानसिक स्वास्थ्य (mental health) र स्वास्थ्य विमा (health insurance) का विषयमा डा.राजेन्द्र परिक तथा अन्य विशेषज्ञहरुद्वारा प्रशिक्षण मिति February 25, Sunday 2018 मा गर्ने । 
 
(२) आत्म सुरक्षा (Self Defense), आर्थिक स्वतन्त्रता (Financial Freedom), पारिवारिक अनुशासन, प्रेम र शुख शान्ती (Family discipline, love and peace) जस्ता कुराहरुमा कार्यशाला गोष्ठीहरु गर्ने र गरिदै आएका सबै राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिने ।
 
(३) दशैं महोत्सव
आगामी दशैंमा परम्परागत कार्यक्रम भन्दा फरक ढंगले खुल्ला मैदानमा दशैं महोत्सव October 13, 2018 Saturday 11am to 6pm; Asian American Resource Center मा गर्ने जसमा हिमालदेखि तराई सम्म जोड्ने गरी नेपाली संस्कृतिका महत्वपूर्ण पक्षहरु भेषभुषा, खाना र संगीत झल्किनेछन् र नेपाली बाहेक अन्य समुदायका मानिसहरुलाई समेत उपस्थित पव्लिसिटी गरी गर्ने । भोटे/तामांग सेलो, लाखे नाच देखि लिएर तराइका विभिन्न सांस्कृतिक कुरा र खानाहरुलाई समेट्न अहिले देखि नैं श्रोत र साधनको प्रवन्ध गर्ने । 
 
(४) बार्षिक मुखपत्र ‘कोशेली’ प्रकाशोन्मुख अबस्थामा छ । 
 
(५) सदस्यता वितरण तथा डाटा संकलन
१८ बर्ष उमेर पुगेका र ग्रेटर अस्टिन क्षेत्र (१९ कउण्टी) भित्र बसोबास गर्ने सबै नेपालीलाई $150.00 तिरी आजीवन सदस्यता या आगामी सम्मेलन (सम्भवत आगामी साल जनवरी) सम्मका लागि $10.00 तिरी साधारण सदस्यता लिन र आफ्नो विवरण उपलब्ध गराई डाटा संकलनमा सहयोग गर्न आब्हान गरिएकोछ ।
 
(६) सामुदायिक भवनः
सामुदायिक भवन हामी सबैको एउटा सपना हो जसलाई साकार पार्न सबैको इमान्दार प्रयत्न बाट सम्भव हुने ठहर गरी एक स्थायी प्रकृतिको निम्नानुसार २५ सदस्यीय “सामुदायिक भवन निर्माण समिति” गठन गरिएकोछ । १) हेम पाठक २) डा. कमल अधिकारी ३) राजेन्द्र भट्टराई ४) कला उप्रेती ५) निर्मल श्रेष्ठ ६) उज्वल राजभण्डारी ७) राज मरासिनी ८) गेहेन्द्र केसी ९) डा. नविन दाहाल १०) चन्द्रसेखर यादव ११) सुरेन्द्र भट्टराई १२) देवी दाहाल १३) प्रविण बस्नेत १४) प्रेम कुमार श्रेष्ठ १५) प्रेम पाण्डे १६) दिपक हुमागाई १७) पुस्कर प्रधान १८) हेमेन्द्र श्रेष्ठ १९) पदम ठकुराठी २०) डिवी रोका २१) देवराज न्यौपाने २२) प्रदुम्न श्रेष्ठ २३) भोजराज भट्ट २४) सुदिप दाहाल र २५) विदुर खतिवडा ।
 
यो समिति स्थायी प्रकृतिको हुनेछ तथापी निस्कृयता र सकृयताका आधारमा तथा आवश्यकताका आधारमा २५ मा नबढाई यसै समितिको बैठकले थपघट गर्न सक्नेछ । समितिमा संयोजक, सचिव र कोषाध्यक्ष तथा अन्य आवश्यक कार्य विभाजन पनि यसैको बैठकले गर्नेछ । सामुदायिक भवनको सपना पुरा गर्ने सम्पूर्ण अविभारा यसले बोक्नेछ र स्वतन्त्र निर्णयहरु लिन सक्नेछ ।
 
प्रतिवेदनको पूर्ण अंश हेर्न हाम्रो वेवसाईट www.ourgans.org भिजिट गर्नुहोस् ।

शेयर गर्नुहोस:

0
Shares