मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

केन्टकी स्कुलमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु १७ घाइते

केन्टकी स्कुलमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु १७ घाइते


हिमालयखवर संवाददाता-
केन्टकी(अमेरिका)- केन्टकी राज्यको एउटा हाई स्कुलमा मंगलवार बिहानै गोली चल्दा दुई जना विद्यार्थीको मृत्यु भएको छ । 
 
मार्शल काउंटी हाई स्कुलमा मंगलवार स्कुल सुरु हुनै लाग्दा बिहान ९ बजे उक्त घटना भएको हो । गोलीबाट दुई जना बालबालिकाको मृत्यु भएको र १७ जना घाइत भएको त्यहाँका गभर्नर म्याट विभिनले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । 
 
उक्त घटनामा संलल्न भएको आंशकामा एक जना १५ वर्षका विद्यार्थीलाई प्रहरीले हिरासतमा लिएको छ । उनलाई हत्या र हत्याको प्रयास गरेको आरोप लगाइएको गभर्नरले जानकारी दिएका छन् । मृत्यु हुने विद्यार्थीमा एक जना बालक र अर्का बालिका हुन् । दुवैको उमेर १५ वर्ष रहेको छ । घाइते अन्य विद्यार्थीको अवस्थाका बारेमा प्रहरीले कुनै जानकारी दिएको छैन ।  
 
प्रहरीका अनुसार घटनामा संलग्न आरोपी ह्याण्ड गन लिएर स्कुल आएका थिए । उनले ८ बजेर ५७ मिनेट जाँदा गोली चलाएका थिए । 
 
गोली चलेपछि त्रसित कयौँ विद्यार्थीहरू स्कुलबाट भागेका थिए । केही विद्यार्थी त एक माइल सम्म ज्यान बचाउन भागेका थिए । यसरी भाग्दै विद्यार्थीहरू मेकडोनाल्ड भित्र शरण लिन पुगका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार त्यहाँ उनीहरू निकै आत्तिएका थिए ।  घटना भए लगत्तै प्रहरी स्कुलमा  पुगेर घटनास्थललाई नियन्त्रणमा लिएको थियो । यो घटनाबाट आत्तिएका अभिवाभक पनि त्यहाँ आफ्नो छोरी छोरीलाई लिन पुगको स्थानीय संचारमाध्यमले जनाएका छन् ।  
 
उक्त घटनामा एक विद्यार्थीको घटनास्थलमै र अर्का विद्यार्थी अस्पतालमा निधन भएको हो । घाइतेमा विशेष सेवा चाहिने १७ वर्षका विद्यार्थी ड्यानियल अस्टिन पनि छन् । उनलाई दाहिने पाखुरामा गोली लागेको हुदां अस्पताल लगिएको थियो । उनका अभिवाभक यो सुनेपछि आत्तिँदै अस्पताल पुगेका थिए । 
 
सामान्य सानो सहरमा यस्तो घटना किन भयो यो खुलेको छैन । तर, गभर्नरले आफू स्तब्ध भएको बताएका छन् । दुई दिनमा दुई स्थानका स्कुलमा गोली चलिसकेको छ । सोमवार पनि टेक्ससको इटली सहरमा यस्तै गोली काण्डमा एक १५ वर्षीय विद्यार्थी घाइते भएकी थिइन । उनलाई उपचारका लागि डलास ल्याएईएको छ । यस घटनामा १६ वर्षीय एक किशोर विद्यार्थी संलग्न थिए । किन ती किशोरले गाली चलाए कारण अझै खुलेको छैन । फोटो: सामाजिक संजाल 

शेयर गर्नुहोस:

0
Shares