हिमालयखवर संवाददाता
टेक्सस (अमेरिका)- स्थानीय रेडियो प्रस्तोताले टेक्सस डलास स्थित गारल्याण्ड स्टोरमा काम गरिरहेका वेला लुटराको गोलिवाट मारिएका नेपाली युवा मनिष पाण्डेको हत्याराका बारेमा प्रहरीलाई सुराक दिनेलाई आफ्नो तर्फबाट ५ हजार डलर पुरस्कार घोषणा गरेका छन् । स्थानीय प्रहरीले यस अघि नै पाण्डेका हत्याराको सुराक दिनेलाई ५ हजारदिने घोषणा गरेको थियो । अव मनिषको हत्याराका बारेमा सुराक दिनेले १० हजार डलर पाउने भएका छन् ।
द कार प्रो सो नामक रेडियो कार्यक्रम सञ्चालक जेरी रेनोल्ड्सले प्रहरीलाई हत्यारा पक्रन सहयोग होस भन्ने उद्देश्यले आफ्नो तर्फबाट हत्याराका बारेमा सुराक दिनेलाई उक्त रकम दिने घोषणा गरेका हुन् ।
कालो हुडी लगाएर आएका कालोवर्णका व्यक्तिले शनिवार राती करिब ११ बजे तिर नेपालीको स्वामित्वमा ब्रोडवे एभेन्यूमा रहेका एक्जोन ग्यासं स्टारेमा काम गरिरहेका बेला मनिषलाई गोली हानेका थिए । प्रतिरक्षाका क्रममा लुटेरासंग मनिषको सामान्य झडप पनि भएको थियो ।
यही क्रममा गोली हानेर हत्यारा भागेका थिए । मनिषको त्यही मृत्यु भएको थियो । उनी ३५ वर्षका थिए । स्टोरको क्यामरामा हत्याराको हुलिया देखिएको छ । यस आधारमा हत्यारा पहिचान गरी पक्रन सजिलो हुने प्रहरीले जनाएको छ ।
गत सेप्टेम्बरमा पनि उक्त ग्यांस स्टोरमा लुटपाट भएको थियो । उक्त ग्यांस स्टेसनमा आउनेहरुले मनिष प्रति भावपुर्ण श्रद्धान्जली व्यक्त गरेका छन् । कंयौ स्थानीयले मनिषको व्यवहारबाट आफूहरू प्रभावित भएको बताउँदै यस्तो घटना हुन गएकोमा दुख्ख व्यक्त गरेका छन् ।
स्थानीय प्रहरीले हत्याराको खोजीलाई तीव्र बनाएको जनाएको छ । स्थानीय गुप्तचर निकाय पनि हत्याराको खोजीमा लागि परेको बताइएको छ । गारल्याण्ड प्रहरी विभागका प्रमुख पेद्रो बारीनाऊले स्थानीय समुदायको असाध्यै राम्रो प्रतिक्रिया आएको बताएका छन् । हामीले यो हत्यामा संलग्नका बारेमा कयौँ फोनहरू आएका छन् केही जानकारीहरू पनि हामीले प्राप्त गरेका र्छौ उनले भने । हत्याकावारेमा कुनै जानकारी भए गारल्याण्ड प्रहरी विभागमा तत्काल सम्पर्क गर्न प्रहरीले समुदायसँग अनुरोध गरेको छ ।
मनिषको परिवारलाई सहयोगका लागि गो फण्ड
स्थानीय नेपाली समुदायले मनिषको परिवारको सहयोगका लागि गो फण्ड मार्फत सहयोग दिन अपिल गरेका छन् । ५० हजार डलरको लक्ष्य राखेर गो फण्ड खोलिएको हो । मृतक पाण्डे केही समय अघिमात्र नेपालबाट आएका थिए । उनी पत्नी गर्भवती छिन् । फोटो: सामाजिक सन्जाल






प्रतिक्रिया