हिमालयखवर संवाददाता
वासिङटन डिसी (अमेरिका) –अमेरिकामा राष्ट्रपतिले ल्याएको खर्च विद्येयक स्वीकृत हुदां सरकार ठप्प (सटडाउन) संकट सोमवार समाप्त भएको छ । हाललाई तिनसाताका लागी संकट टरेको हो । संसद् सिनेट र काँग्रेसले सोमवार आउने फ्रेअवरी ८ सम्म सरकारी खर्च गर्न अधिकार सहितको प्रस्ताव स्वीकृत गरेका हुन् ।
सिनेटमा उक्त प्रस्तावका पक्षमा ८१ र विपक्षमा १८ मत मात्र परेको थियो । काँग्रेसमा पनि उक्त समय सम्म खर्च यथावत् गर्न सक्ने प्रस्तावका पक्षमा २६६ मत पर्यो । विपक्षमा जम्मा १५० मत परेको थियो । राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो लागु हुन्छ ।
नाबालक हुदां गैरकानुनी रूपमा अमेरिका छिरेर यही हुर्केका आप्रावासी ड्रीमर्सलाई अमेरिकामा बस्न दिने, नदिने, मेक्सिको सीमामा पर्खाल लगाउने योजना लगायतका विषयमा अमेरिकाका प्रमुख दुई पार्टी डिमोक्र्याट र रिपव्लिकन बिच सहमति हुन नसक्दा खर्च यथावत् गर्ने विद्येयक पास नभएकाले शुक्रवार मध्ये राती देखि अमेरिकाको संघीय सरकार ठप्प अर्थात शटडाउन भएको थियो ।
तीन सातामा समाधान निकाल्न वार्ताहरू जारी राख्ने गरी दुवै पार्टीका राजनीतिज्ञ बिच तत्काललाई सटडाउन समाप्त गर्न सहमति भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्प इमिग्रेशन मुद्दामा पनि छलपल गर्न तयार भएको छन् ।
अमेरिकामा राष्ट्रपतिले बजेट खर्च योजना बजेट पेश गर्छन् । यसलाई काँग्रेस र सिनेटले स्वीकृत गरेपछि मात्र लागु हुन्छ । राष्ट्रपतिको खर्च अधिकार प्रस्ताव काँग्रेसले स्वीकृत गरे पनि सिनेटमा भने आवश्यक बहुमत नपुग्दा संकट आएको थियो । यसैले सरकार शटडाउन भएको हो । यसले अत्यावश्यक सेवा बाहेक अन्य सरकारी काम प्रभावित भएको थियो ।
काठमाडौँ स्थित अमेरिकी दूतावासले समेत त्यहाँ सञ्चालित लाइब्रेरी लगायतका सेवा अवरुद्ध हुन सक्ने सूचना सार्वजनिक गरेको थियो ।
पाँच वर्ष यता सरकार यसरी शटडाउन भएको यो दोस्रो पटक हो । तर, इतिहासमा यसअघि पनि पटक पटक यस्तो अवस्था भने आएका छन् । शुक्रवार राती सिनेटमा मतदान हुदां सरकारी खर्च यथावत् गर्ने पक्षमा ५० र विपक्षमा ४८ मत मात्र पर्यो । यो पारित हुन ६० मत चाहिन्थ्यो । यसले गर्दा यो खर्च विद्येयक पारित हुन विपक्षी डेमोक्र्याट सिनेटरको पनि समर्थन आवश्यक थियो ।
नाबालक हुदां गैरकानुनी रूपमा अमेरिका छिरेकालाई यहाँ बस्न दिन राष्ट्रपति बाराक आबोमाले २०१२ मा डेफर्ड एक्शन फोर चिल्ड्रेन अराईवल (डिएसीए) कानुन ल्याएका थिए । यसले करिब ८ लाख लाई डिर्पोटेशनवाट रोकेको छ । डेमोक्र्याटहरुलाई यसलाई यथावत् गर्नु पर्ने पक्षमा छन् । तर, रिपव्लिकनले यसको विरोध गरेका छन् ।






प्रतिक्रिया