मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

म यो पैसा डोल्पाको स्वास्थ्य र शिक्षाको विकासमा खर्चन्छु –डोल्मा

म यो पैसा डोल्पाको स्वास्थ्य र शिक्षाको विकासमा खर्चन्छु –डोल्मा


नेपालको विकट जिल्ला डोल्पामा जन्मेकी दोर्जे डोल्माले अमेरिकामा आङ्खनो जीवन कथा र डोल्पेली बासिन्दाको दिन चर्‍या सगटिएको याक ग्रर्ल नामक पुस्तक लेखी प्रकाशनमा ल्याएकी छन् ।

ढाडमा समस्या भई राम्रोसँग श्वास प्रश्वास लिन तथा हिँडडुल समेत गर्न नसक्ने अवस्थामा आजभन्दा २३ वर्ष अगाडी अमेरिका छिर्दा डोल्माको अवस्था ज्यादै नाजुक अवस्थामा पुगिसकेको थियो । उनी जीवनको अन्तिम घडीमा पुगीसकेकी थिइन् । तिनै डोल्माले १५ वर्ष लगाएर लेखेकी याक ग्रर्ल नामक तिनसय २८ पृष्ट लामो पुस्तक बिक्रीबाट संकलित रकम डेल्पाको स्वास्थ्य र शिक्षाको विकासमा खर्च गर्ने बताएकी हुन् । 

कोलोराडोको बोल्डर निवासी जेनीफर क्लरीले हेल्थ क्याम्पमा जाँदा डोल्मालाई भेटेकी थिइन । उनले डोल्माको स्वास्थ्य जाँच गराउँदा नेपालमा केही गर्न नसकिने डाक्टरहरूको सुझाव आएपछि जेनीफर डोल्माको एक्सरे बोकेर अमेरिका छिरिन् । अमेरिका आएपछि उनी डोल्माको अवस्था सम्झेर चुप लागेर बस्न सकिनन् । उनी त्यो एक्सरे बोकेर कोलोराडो स्थित ठूल्ठूला अस्पतालहरू धाउन थालिन् । डाक्टरहरूबाट उपचारको प्रयासगर्ने आश्वासन पाएपछि उनी पुनः नेपाल फर्केर नेपालमा बढो कठिनताका साथ कागजपत्र तयारपारी डोल्मालाई अमेरिका ल्याउँदा उनीसँग डोल्मालाई बचाउने निकै कम समयमात्र बाँकी थियो । 

ढाड कुप्रीएर फोक्सो , कलेजो चेपिई ज्यादै नाजुक अवस्थामा पुगेकी डोल्मा, अहिले उपचार पश्चात् पढेर स्थानीय कोलोराडो युनिभर्सिटीबाट ग्राजुएट भई जागिर खाई आफ्नै खुट्टामा उभिन सक्ने भएकी छन् । अमेरिका छिर्दा अग्रेजी त परै जावस क,ख समेत नचिनेकी तिनै डोल्माको किताब किन्न र उनको जीवन कथा उनकै मुखबाट सुन्न बुधवार बोल्डर बुक सेन्टरको हल खचाखच भरिएको थियो । स्थानीयहरूको जमघटले खचाखच भरिएको हलमा डोल्माले आफ्नो विगत र डोल्पेली जनताको स्थिति बताई रहँदा सहभागीहरूलाई धेरै पटक स्तब्ध तुल्याएको थियो । 

अहिलेको युगमा पनि कुनै ठाउँमा मानिस यातायातका साधन, सञ्चार, शिक्षा, स्वास्थ्यको सुविधाबाट बन्चित छन् भन्दा अमेरिकी अचम्मित नहुने कुरै भएन । त्यसैले उनीहरूले डोल्मालाई त्यसै सम्बन्धी धेरै प्रश्नहरू गरेका थिए । डोल्माले आफूले लेखेको किताबबाट उठेको पैसाले डोल्पामा सुविधा सम्पन्न अस्पताल र विद्यालय निर्माणमा खर्चगर्ने बताए पछि हलमा उपस्थित सबै अमेरीकनहरु उठेर जोडदार तालीका साथ उनलाई सम्मान गरेका थिए । उनले कार्यक्रम स्थल बुक्स सेन्टरमा बिक्रीको लागी लगेकी पुस्तक कार्यक्रम सम्पन्न हुनु अगाडी ने सबै बिक्री भइसकेको थियो । 

डोल्माको पुस्तक याक ग्रर्ल अहिले अमेरिकामा यती चर्चित भई सकेको छ की उनलाई प्रवचन दिन जान भ्याई नभ्याई भइरहेको छ । अमेरिका स्थित विभिन्न युनिभर्सिटी, ठूल्ठूला लाईब्रेरी, तथा बुक स्टोरहरूले उनीसँग समय मागीरहेको उनले बताएकी छन् । उनी यही पुस्तकको प्रवचनको लागी आगामी फ्रेवरीमा नेपाल जाने तयारीमा रहेकी छन् ।