मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

एनआरएन क्यालिफोर्निया च्याप्टरका पदाधिकारीद्वारा पदहस्तान्तरण कार्यक्रम

एनआरएन क्यालिफोर्निया च्याप्टरका पदाधिकारीद्वारा पदहस्तान्तरण कार्यक्रम


लसएन्जलस(अमेरिका)। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको क्यालिफोर्निया च्याप्टरका निर्वाचित पदाधिकारीको सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम शनिवार लस एन्जलसमा सम्पन्न भएको छ ।
 
साँझ आयाेजित एक कार्यक्रममा निवर्तमान अध्यक्ष पूर्णचन्द्र बानियाँले नव निर्वाचित अध्यक्ष रामबाबु पाण्डेलाई माइन्युट दिँदै पद हस्तान्तरण गरे । यसैगरी एनआरएनए अमेरिका वरिष्ठ उपाध्यक्ष सुनिल साहले निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका थिए। 
त्यस अवसरमा महाबाणिज्यदूत ऋषि ढकाल, पर्यटनदूत रामेश्वर भण्डारी, आर्टेसिया शहरका प्लानिंग कमिशनर भक्त थापा र नेपाली जनसम्पर्क समिती अमेरिकाका केन्द्रीय सदस्य गोकुल ढकालले नयाँ नेतृत्वलाई सफलताकाे शुभ कामना दिएका थिए ।
 
यस्तै एनआरएनए क्षेत्रीय महिला संयोजक संगीता लम्साल शिवाकोटी, आइसीसी सदस्यहरू बलराम थापा र डिल्ली भट्टराई, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल साह , पश्चिम क्षेत्रीय उपाध्यक्ष तथा हेल्प-डेस्क संयोजक उमा कार्की थापा, महिला संयोजक इन्दिरा त्रिपाठी लगायतले आफु रहेको समितिहरुले गरिरहेको कार्यहरुका बारेमा जानकारी गराएका थिए ।
 
‘एक व्यक्ति, एक डलर, आफ्नै लागि’ भन्ने नारा सहित चुनावमा उठेका च्याप्टर अध्यक्ष पाण्डेले यस अभियानमा धेरै व्यक्तिबाट सहयोग र समर्थन प्राप्त भएको जानकारी गराए ।
 
डी.एम.भी.मा नेपाली भाषामा परीक्षा दिने व्यवस्थाको लागि पेटिशनमा हस्ताक्षर गर्ने अभियान चलिरहेको हुँदा सबैलाई हस्ताक्षर गर्न अनुरोध गरिएको थियो । साथै लसएन्जल्सबासी  सुरज श्रेष्ठ लगायतका स्थानीय कलाकारहरूले आ-आफ्नो नृत्य प्रस्तुत गरेका थिए र नृत्यहरुले सबैलाई भने मनोरञ्जन प्रदान गरेको थियो ।

शेयर गर्नुहोस:

0
Shares