मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनअारएन परिचयपत्रले दिनेभयो डिस्काउन्ट

एनअारएन परिचयपत्रले दिनेभयो डिस्काउन्ट


ड्यालस (अमेरिका) – 
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन) अमेरिकाले आफ्ना सदस्यहरूलाई आर्थिक सहुलियत प्रदान गर्नका लागि ८ वटा स्थानीय व्यापारिक संस्थाहरूसँग सम्झौता गरेको छ ।
 
ती संस्थाहरूमा आर्थिक सहुलियतका लागि एनआरएन अमेरिकाद्धारा हालै वितरण गर्न सुरु गरिएको सदस्यता परिचयपत्र भने आवश्यक छ । 
 
पहिलो चरणमा सम्झौता गर्ने व्यापारिक संस्थानहरुमा सिकागोका सिकागो कर हाउस, नेपाल हाउस रेस्टुरेन्ट, मुम्बई इन्डिएन ग्रिल र बिएम ट्याक्स एकाउन्टीङ सर्भिसले परिचयपत्र बाहकलाई २५ प्रतिशत छुटमा वस्तु तथा सेवा उपलब्ध गराउने छन् । 
 
एनआरएन अमेरिकाको परिचयपत्र वितरण समितिका संयोजक गोपेन्द्र भट्टराईका अनुसार इलिनोय राज्यका इभानस्टोन शहरस्थित माउण्ट एभरेष्ट रेस्टुरेन्ट, रेडहर चिली पेपरले २० प्रतिशत, सिकागोकै जेजे ट्याक्स एण्ड एकाउटिङले १५ प्रतिशत सहुलियत दिने भएका छन् । यसै गरी टेक्ससको ह्युस्टन शहरस्थित कम्फोर्ट साइटले समेत सहुलियत पत्रमा हस्ताक्षर गर्दै वस्तुमा १० प्रतिशत सहुलियत दिने भएको छ ।
 
बिना परिचयपत्र सहुलियत नपाउने हुनाले अमेरिकामा रहेका सम्पूर्ण सदस्यहरूलाई यथासक्य चाँडो एनआरएनएको वेबपेज ( https://us.nrna.org/index/ctl/SendPassword ) मा आफ्नो पासवर्ड परिवर्तन गर्नुका साथै आफ्नो फोटो अपलोड गरेर परिचयपत्र लिनका लागि एनआरएनए परिचयपत्र समितिका संयोजक भट्टराईले आग्रह गरेका छन् । 
 
थप १० वटा संस्थासँग सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको एनअारए अमेरिकाले जनाएको  छ ।