बिश्व घटना

लसएन्जल्स फैब्रुअरी ११ मा सहरमा नेपाल आईडलको मेघा कन्सर्ट

लसएन्जल्स फैब्रुअरी ११ मा सहरमा नेपाल आईडलको मेघा कन्सर्ट


लसएन्जल्स (क्यालिफोर्निया)-  आगामी फेब्रुअरी ११ गते आइतबारको दिन आम नेपालीहरूको गौरव नेपाल आइडलको तिन उत्कृष्ट गायकहरूबाट अमेरिका क्यालिफोर्निया  लसएन्जल्स सहरमा पनि "मेघा कन्सर्ट " को आयोजना गरिने भएको छ र टिकट अनलाइन मार्फत पनि बुकिंग गर्न सकिने छ ।
 
आयोजकले सबैको सहजतालाई ध्यानमा राखेर कार्यक्रम प्रवेशको लागि अनलाइन मार्फत खरिद गर्दा ४० डलर र प्रत्यक्ष टिकट खरिद गर्दा ५० डलर कायम गरिएको छ । यस अघि कार्यक्रमलाई सहज र व्यवस्थित गर्नको लागि लसएन्जलसस्थित समुदाय केन्द्रित अन्तर्क्रिया समेत आयोजना गरिएको थियो ।
 
आयोजक नेपाली अमेरिकनका अगुवाहरु तारा गुरुङ, टेक वाइवा लामा र वीरवल बुढाथोकीले समुदायका सबैलाई कार्यक्रममा आईदिनुहुन आग्रह गर्दै मेगा कन्सर्टको आनन्द लिन  र भव्य सहभागिताको लागि अनुरोध गरेका छन् ।
 
कार्यक्रमको विवरण 
मिति: ११ फेब्रुवरी, २०१८
स्थान: 15311 Pioneer Blvd, Norwalk, CA 90650
समय: प्रवेश गर्ने साँझ ८:०० बजे
टिकटको लागि सम्पर्क व्यक्ति:
तारा गुरुङ, तारा हिमालयन कुजिन (५६२ ८६० ४६०८)
टेक लामा (५६२ ४१३ ११४८)
वीरवल बुढाथोकी (७१४ ३२६ ६४५१)

शेयर गर्नुहोस:

0
Shares