मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नोबेल पुरष्कार विजेता अर्थशास्त्री भन्छन् विट्क्वाइन टोटल्ली कोल्याप्स हुन सक्छ

नोबेल पुरष्कार विजेता अर्थशास्त्री भन्छन् विट्क्वाइन टोटल्ली कोल्याप्स हुन सक्छ


हिमालयखवर संवाददाता 
अमेरिका- अर्थशास्त्रमा नोबेल पुरष्कार पाएका अर्थशास्त्री रोबर्ट सिलेरले बिट्क्वाइनको मूल्य पुर्ण धरासायी टोटल्ली कोल्याप्स हुन सक्ने बताएका छन् । संचारसंस्था सीएनवीसीसंगको कुराकानीमा अर्थशास्त्री सिलरले यसलाई केही शताब्दी अघि निदरल्याण्डमा टुलिप मानियासंग विटक्वाइनको उतार चढावलाई तुलना गरेका हुन् । 
 
विश्वकै उत्कृष्ट मध्ये एक याले विश्वविद्याथलयका प्राध्यापक समेत रहेका ती सिलरले विट्क्वाइन मात्र होइन यो जस्तै अन्यपनि धरासायी हुने उनको दाबी छ । लगानीकर्ताले पैसा लगाएनन भनेपनि सुनको केही मूल्य हुन्छ उनले भने तर, विट्क्वाइनमा आपसी रूपमा यसको भाउ यती हो भन्ने बाहेक अरू कुनै मूल्य नै छैन उनले भने ।  
 
सिलरले स्विजरल्याण्डको डभासमा हुन लागेको वल्र्ड इकोनोमिक फोरममा मन्तव्य राख्ने कार्यक्रम छ । यो फोरम हुनभन्दा केही अघि सिलरले विट्क्वाइनका बारेमा यस्तो अभिव्यक्ति दिएका हुन् । उक्त फोरममा क्रिप्टोकरेन्सी विट्क्वाइनका बारेमा पनि कुरा उठ्ने धेरैको अनुमान छ । 
 
अहिलेको विट्क्वाइनको मूल्यले निदरल्याण्डमा सन् १६४०को दशकमा देखिएको टुलिप मानियाको सम्झाना गराउँछ । त्यस बेला त्यहाँ टुलिप फुलको मूल्य निकै माथि चढेको थियो तर, त्यो पछि धरासायी भयो यद्यपी अहिले हामी टुपिललाई केही पैसा तिरेर भने किन्छौँ, उनले भने । 
 
सिलरले सन् २०१३ मा कमजोर बजारमा सम्पत्तिको मूल्य विषयमा गरेको कार्यका लागि नोबेल पुरष्कार जितेका थिए । विट्क्वाइनका बारेमा यस्तो नकारात्मक अभिव्यक्ति दिनमा सिलर पहिलो भने होइनन् । शेयर बजारमा बादशाह मानिने बारेन बुफेटलेपनि विट्क्वाइनको समाप्त निकै खराब हुने बताएका छन् । यस्तै जेपी मोग्र्यानका प्रमुखले पनि यसलाई धोकाघडी भनेका छन् । 
 
तर, पनि विट्क्वाइनको मूल्यमा भने निकै उतारचढाव आइरहेको छ । एउटा विट्क्वाइन मूल्य यसै साता ९ हजार अमेरिकी डलरको हाराहारीमा झरेको थियो । शुक्रवार बढेर ११ हजार डलरको हाराहारीमा छ । विगत १२ महिनामा भने विट्क्वाइनको मूल्यमा १००० प्रतिशत भन्दा बढीले बढेको देखिन्छ । बजार बुझेका र अर्थशास्त्रीले चिसो प्रतिकृया दिएपनि केही साता अघि यसको मूल्य बिस हजार डलरसम्म पुगेको थियो । 
 
थुप्रै नेपालीले पनि विट्क्वाइन लगायत यस्तै क्रिप्टोकरेन्सीमा अहिले पैसा लगानी गर्न थालेका छन् ।