मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ह्युस्टनमा पहिलो नेपाली लायन्स क्लबको धमाका

ह्युस्टनमा पहिलो नेपाली लायन्स क्लबको धमाका


हिमालयखवर संवाददाता- 
ह्युस्टन , टेक्सास । "पशुपतिनाथ ह्युस्टन आइपुगेछन्, यो यहाँका नेपालीहरुको आस्था र भावना नै हो । देशभन्दा बाहिर बसेर आफ्नो मातॢभूमीलाई यस्तो माया गर्नु भएको छ ।" 
 
अन्तरराष्ट्रिय लायन्स क्लबका पूर्व निर्देशक सन्जय खेतानले यसो भनिरहँदा ताज हल तालीले गुन्जियो । स्थानीय ताज हलमा आयोजित कार्यक्रमका आकर्षण खेतानले आफ्नो भनाई आधा नेपाली आधा अङ्रेजीमा राखेका थिए । 
 
केही महिना अघिमात्र स्थापना भएको फोर्टबेन्ड नेप्लिज लायन्स क्लबको पहिलो चार्टर नाइटको मुख्य अथितिको रुपमा भाग लिन  खेतान अस्ति साँझ मात्र नेपालबाट सोझै ह्युस्टन आइपुगेका थिए । 
 
ह्युस्टन नेपाली समुदायको  पहिलो लायन्स क्लब फोर्टबेन्ड नेप्लिज लायन्स क्लबको पहिलो चार्टर नाइट नै निक्कै रमाइलो र सफल रहेको सहभागीहरुको प्रतिक्रिया थियो । 
 
उक्त कार्यक्रममा लायन्स क्लबका अन्तरराष्ट्रिय निर्देशक साम लिन्ड्सेले च्याप्टरका अध्यक्ष मधुकर अमात्य र सचिव विष्णु नेपाललाई प्रशंसा पत्र प्रदान गरे । 
 
गभर्नर जेरी गिलबर्ट र रोनी मार्टिनको विशेष पहलमा फोर्टबेन्ड नेप्लिज लायन्स क्लबको यो चार्टर नाइटमा  सम्पदा आचार्य, कॢति सापकोटा, राइता भंडारी, ज्योति कुँवर लगायतका स्थानीय कलाकारहरुले नॢत्य प्रस्तुत गरेका थिए । मधुकर अमात्यको सभापतित्वमा संचालन भएको उक्त चार्टर नाइट  ह्युस्टनका नेपाली लायन्सहरुको पहिलो र नौलो प्रस्तुति थियो । 
 
चार्टर नाइटमा पूर्व अन्तरराष्ट्रिय निर्देशक संजय खेतान, निर्देशक साम लिंड्से र गभर्नर जेरीले लायन्स सदस्यहरुलाई पीन लगाइदिएका थिए । फोर्टबेण्ड नेप्लिज लायन्स क्लबमा हाल ७५ सदस्य छन् । 
 
क्लबको अध्यक्ष मधुकर अमात्य, प्रथम उपाध्यक्ष विजय वोखिम, द्वितीय उपाध्यक्ष रविन श्रेष्ठ, सचिव विष्णु नेपाल, कोषाध्यक्ष शेषराज शर्मा, मेम्बरशीप चेयर रामकॢष्ण सापकोटा, टेल ट्विस्टर विश्व श्रेष्ठ र लायन टामरमा ज्योति घिमिरे छन् । 
 

शेयर गर्नुहोस:

0
Shares