मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

एनआरएनको करिअर फेयर सम्पन्न

एनआरएनको करिअर फेयर सम्पन्न


हिमालयखवर संवाददाता
टेक्सस (अमेरिका) – एनआरएन अमेरिकाका अधिकांश कार्यक्रमहरु सधैँभरि खादा ओढाउने, भाषण गर्ने र गराउने, ताली पिट्ने भन्दा उपलव्धीमुलक नहुने गरेको आरोप लाग्दै आएको थियो । तर आइतबार टेक्ससको ड्यालसमा आयोजना गरिएको कार्यक्रमले भने एनआरएनको छवीमै सकारात्मक प्रभाव छाडेको धेरैको प्रतिकृया छ ।
 
एनआरएन अमेरिकाको टेक्सस च्याप्टरले आयोजना गरेको ‘करिअर फेयर’ मा सहभागीहरुले कार्यक्रम समुदायमुखी र आवश्यकता अनुसार भएको टिप्पणी गरेका छन् । कार्यक्रममा बिभिन्न क्षेत्रमा सफलता हाँसिल गरेका नेपाली समुदायका अगुवाहरुले आफ्नो अनुभव शेयर गरेका थिए । 
 
एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेलले च्याप्टरका कार्यक्रमहरु नेपाली समुदायको आवश्यकता अनुसार गर्दै जाने बताए । कार्यक्रममा कसरी रोजगारदातालाई आकर्षित पार्ने खालको रेज्यूमी (बायोडाटा) तयार पार्ने ? कुन क्षेत्रमा रोजगारीको संभावना रहेको छ ? नेपाली समुदायका लागि कुन क्षेत्र उपयुक्त हुन्छ भन्ने लगायत थुप्रै विषयमा विशेषज्ञ तथा अनुभवीहरुले आफ्नो धारणा शेयर गरेका थिए । 
 
नेपाली विद्यार्थी तथा सहभागीहरुले सूचना प्रविधि, नर्सिंग लगायत प्राविधिक विषयहरुमा चासो बढी देखाएका थिए ।

शेयर गर्नुहोस:

0
Shares