मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाजको नयाँ टीमलाई पद हस्तान्तरण

नेपाली समाजको नयाँ टीमलाई पद हस्तान्तरण


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – नेपाली समाज टेक्ससको नयाँ टीमले शनिबारदेखि औपचारिक रुमपा जिम्मेवारी लिएको छ ।
 
शनिबार नेपाली समाजको कार्यालयमा आयोजित विशेष समारोहमा निवर्तमान कार्यसमितिले नवनिर्वाचित टीमलाई हस्तान्तरण गरेको छ । निवर्तमान अध्यक्ष कृष्ण लामिछानेले नवनिर्वाचित अध्यक्ष सुमन थापालाई पद हस्तान्तरण गरेका थिए ।
 
हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष लामिछानले आफु ७ सय ३३ दिन पहिले समाजलाई मर्दा र पर्दा सहयोग गर्छु भनेर अध्यक्षको शपथ लिएको उल्लेख गर्दै यस अवधिमा गाली र ताली दुबै पाएको बताए । 
 
लामिछानेले दुई वर्षको अवधिमा अध्यागमन कानुन संबन्धि अन्तरकृया, कर दाखिला, युवासँग संबन्धित कार्यक्रम, खेलकुद, स्वास्थ शिविर लगायतका थुपैै्र कार्यक्रमहरु गरेको उल्लेख गर्दै आप्mनो कार्यकालमा राजनीतिक कार्यक्रम नेपाली समाजको हलमा नगरेको बताए । 
 
कार्यक्रममा नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका रमेश पोखरेलले नेपाली समाजमा युवा टीम आएको उल्लेख गर्दै सहयोग र साथ रहने बताए । 
 
त्यस अवसरमा नव निर्वाचित टीमलाई शपथ ग्रहण पनि गराइएको थियो । नयाँ कार्यसमितिलाई माइन्यूट बुक, गुगल ड्राइभको पासवार्ड की नवनिर्वाचित अध्यक्षलाई हस्तान्तरण गरिएको थियो ।
 
त्यस अवसरमा नवनिर्वाचित अध्यक्ष थापाले समाजसेवा गर्ने लक्ष्यका साथ समाजमा प्रवेश गरेको उल्लेख गर्दै पुरानो कार्यसमितिले थालेका हरेक कार्यलाई विवाद नगरि, पहिले भन्दा थप व्यबस्थित गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।