मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

एेश्वर्य टेक्सस ड्यालसमा यसै साता प्रदर्शन हुँदै

एेश्वर्य टेक्सस ड्यालसमा यसै साता प्रदर्शन हुँदै


ड्यालस (अमेरिका) – नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ यसै साता ड्यालसका दुइ हलमा  हुने भएको छ । 
 
जनवरी १२ देखि १८ सम्म अर्भिङको हलिउड थियटर र रिचार्डसनको फनएसियामा प्रदर्शन हुनेछन् । रमेश उप्रेती, केकी अधिकारी, दिपिका प्रसाईंको अभिनय रहेको यो चलचित्रले नेपालमा असाध्यै राम्रो चर्चा पाएको छ ।
 
चलचित्र ‘ऐश्वर्य’ मा नायक रमेश उप्रेती आँफैले लगानी गरेका छन् । नायक रमेश उप्रेतीले हिमालय खबरसँग कुरा गर्दै  राम्रो फ्लिम  बनेको छ सबैमा हेर्न आग्रह गरेका छन् । 
 
पछिल्लो समयमा नेपालमा निकै स्तरीय चलचित्रहरू बनिरहेका छन् । स्तरीय भएकै कारण अमेरिका, युरोप, अष्ट्रेलियामा रहेका नेपाली समुदायको माग बढेको छ ।

शेयर गर्नुहोस:

0
Shares