मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

संसदमा प्रस्तुत नयाँ आप्रावासी विधेयक स्विकृत भए डिभी लोटरी बन्द हुने

संसदमा प्रस्तुत नयाँ आप्रावासी विधेयक स्विकृत भए डिभी लोटरी बन्द हुने


हिमालयखवर संवाददाता- 
अमेरिका । संयुक्त राज्य अमेरिकाका प्रमुख पार्टी इमिग्रेशन प्रणालीलाई व्यवस्थित गर्न छलफलमा छन् । सत्तारुढ पुरानो पार्टी रिपव्लिकन अनुदार इमिग्रेशन नीतिको पक्षधर छ भने डेमोक्र्याट पार्टी उदार वनाउनु पर्छ भन्नेमा उभिएको छ । 
 
यसमा नाबालककै हुँदा गैरकानुनी रुपमा अमेरिका आएका बालबालिकालाई फिर्ता पठाउने नपठाउने देखि मेक्सिको सिमामा पर्खाल लगाउन चाहिने रकम सम्म सहमतीका विषय भित्र परेका छन् । 
 
कानुन वनाउनका लागि संसदमा बिधेयक समेत पेश भएको छ । त्यही बिधेयकमा के राख्ने के नराख्ने भन्ने विषयमा प्रमुख दुई पार्टी विच सहमतीको प्रयास भईरहेको हो । 
उक्त संसदमा रहेको विद्येयकमा प्रत्येक बर्ष अमेरिकाले दिने ग्रीनकार्डको संख्या वढाउने तर, योग्यता प्रणालीका आधारमा आप्रावासी लिने उल्लेख छ । यदी यो यो पारित भयो भने डिभी चिठ्ठा मार्फत सजिलै अमेरिका आईरहेका समुहलाई भने कठिन हुने छ । 
 
यसले अमेरिका आई स्थायी रुपमा वसोवास र काम गर्न चाहने नेपालीलाई कम अवसर मिल्ने छ । योग्यताका आधारमा आप्रवासी लिँदा अमेरिकामा उपलव्ध नभएको दक्ष जनशक्ति भित्राउने भन्ने हो । क्यानडाले यही प्रणाली अपनाउँदै आएको छ । भारत जस्ता प्राविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने देशलाई यो विधेयक स्विकृत हुँदा फाइदा हुन सक्छ । वढी भारतीयले ग्रीनकार्ड प्राप्त गर्न सक्छन् । अहिलेको तथ्यांक अनुसार अमेरिका काम गर्दै आएका दक्ष ५ लाख भारतीय ग्रीनकार्डका पखाईमा छन् । 
 
भारत, चीन, मेक्सिको जस्ता देशका नागरिकलाई डिभी लटरीको सुविधा प्राप्त छैन । उक्त बिधेयकमा डिभी लटरी प्रणालीलाई पुर्णरुपमा खारेज गर्ने उल्लेख छ । डीभी लटरी मार्फत नेपाल लगायत कयौं अफ्रिकी देशका नागरिक अमेरिका आईरहेका छन् । यो अमेरिकामा स्थायी बसोवासका लागि चाहिने ग्रीनकार्ड र त्यसपछि नागरिकता लिने सबैभन्दा सजिलो मार्ग हो । अमेरिकाले डिभी मार्फत बार्षिक ५५ हजाललाई ग्रिनकार्ड दिने गरेको छ । 
 
ट्रम्प प्रशासनको सहमती समेत रहेको उक्त विद्येयक सेक्योरिगं अमेरिकाज फ्यूचर ऐक्टका नाममा ल्याईएको हो । कांग्रेस र सिनेटले स्विकृत र राष्ट्रपतीले हस्ताक्षर गरेपछि यो कानुन वन्छ । तर, यो विलले बार्षिक दिइने ग्रीनकार्डका संख्या वढेत्तरी गर्ने छ । यसले कुनैपनि विषयमा दक्षव्यक्तिलाई भने अमेरिका आउन सजिलो हुने छ । 
 
नेपालवाट पनि कयौं क्षेत्रका दक्ष व्यक्तिहरु अमेरिका स्थायी बसोबासका र कामका लागि आउने गरेका छन् । तर, यो भारतको तुलनामा निकै कम छ ।