मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा केसीसँग पाँच बुँदे सम्झौता, शनिबार अनसन तोडने

डा केसीसँग पाँच बुँदे सम्झौता, शनिबार अनसन तोडने


काठमाडौँ- त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसी र नेपाल सरकारबिच पाँच बुँदे सम्झौता भएको छ ।
 
आज साँझ महाराजगञ्जस्थित अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना आयोग उपाध्यक्ष डा स्वर्णिम वाग्ले सम्मिलित टोली र केसी पक्षबिच भएको वार्तामा पाँच बुँदे सम्झौता भई भोलि अनशन तोडने सहमति भएको छ ।
 
डा केसीका सहयोगी डा अभिषेकराज सिंहले भोलि डां केसीले अनशन तोड्ने जानकारी दिनुभयो । उहाँ पाँच दिनदेखि अनशनमा हुनुहुन्छ । गत सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै उहाँले अनशन सुरु गर्नुभएको थियो ।
 
सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिस समिति गठन गर्ने, आइओएमको डीनमा प्रा डा जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका विषयहरू समेटिएका छन् ।
 
अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका उहाँलाई बुधवार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो ।
 
भोलि बिहान १० बजे अनशनस्थल शिक्षण अस्पताल, महाराजगञ्जमा डा केसीले अनशन तोड्नु हुने डा सिहले जानकारी दिनुभयो । यो उहाँको १४ आमरण अनशन हो ।